नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाको करिब ६३ करोड बक्यौता,

3.2k Shares

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाको ठूलो रकम बक्यौता रहेको छ । सर्लाहीको धनकौला,विष्णु,कौडेना,रामनगर,ब्रम्हपुरी,पर्सा र चन्द्रनगर गाउँपालिका सहित बलरा,गोडैता,मलंगवा,कविलासी,इश्वरपुर र हरिपुर्वा नगरपालिका कार्यक्षेत्र रहेको केन्द्रको सेवा क्षेत्रबाट करिब ६३ करोड बक्यौता असुल उपर गर्न बाँकी रहेको केन्द्र प्रमुख उमेश प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार सडक बत्ति बाहेक पनि करिब ३८ करोड बक्यौता असुल उपर गर्न बाँकी रहेको हो ।जसमा घरायसी क्षेत्रबाट १२ करोड ५९ लाख ८१ हजार दुई सय ५८ रुपैँया ९५ पैसा,गैर घरेलु तर्फ एक लाख ८९ हजार आठ सय ६८ रुपैँया ३८ पैसा,व्यावसायिक तर्फ एक करोड ७१ लाख ७२ हजार नौ सय ३९ रुपैँया ३८ पैसा,गैर व्यावसायिक तर्फ एक करोड ९५ लाख ५३ हजार ६३ रुपैँया ३८ पैसा,मनोरन्जन तफै एक लाख ५६ हजार नौ सय २० रुपैँया ८१ पैसा,औद्योगिक तर्फ १६ करोड ७९ लाख ४४ हजार आठ सय ३२ रुपैँया ५३ पैसा,सडक बत्ति तर्फ रु २६ करोड ८९ लाख २२ हजार आठ सय १३ रुपैँया ५७ पैसा,सिचाईँ तर्फ ७९ लाख पाँच हजार आठ सय ३९ रुपैँया २७ पैसा,पिउँने पानी तर्फ ५१ लाख ४३ हजार आठ सय ८० रुपैँया १४ पैसा,यातायत तर्फ एक रुपैँया ६२ पैसा,मन्दीर,मस्जिद,गुम्बा तथा चर्च तर्फ चार लाख ९५ हजार तीन सय ७३ रुपैँया ९४ पैसा बक्यौता रहेको छ ।
त्यसैगरी समुदाय तर्फ २१ लाख ८६ हजार दुई सय छ रुपैँया छ पैसा,अस्थाीय तर्फ आठ लाख २१ हजार छ सय १७ रुपैँया ८१ पैसा,आन्तरिक तर्फ  सात हजार सात सय ९८ रुपैँया ५० पैसा,चोरी र चुहावट तर्फ ३२ लाख १९ हजार पाँच सय ४३ रुपैँया ५८ पैसा र स्थायी जडान,कालो सूचि तथा पुन जडान तर्फ ६२ लाख ८४ हजार नौ सय ५५ रुपैँया १४ पैसा गरी कुल ६२ करोड ५९ लाख ८६ हजार नौ सय १३ रुपैँया तीन पैसा कार्तिक महिना सम्मको बक्यौता रहेको केन्द्र प्रमुख उमेश प्रसाद यादवले जानकारी दिए ।
उनले आफु कार्यालय प्रमुख भएर आउँदा करिब ६० प्रतिशत मात्रै बक्यौता संकलन हुने गरेको भएपनि अहिले करिब ८० प्रतिशत बक्यौता भुक्तानी भई रहेको समेत बताए ।मलंगवा वितरण केन्द्रका लागि लामो दुरीबाट विद्युत ल्याउनु पर्दा लोड थोग्न नसकेर पटक पटक लाईन कट्ने तथा प्राविधिक समस्याहरु आई रहेका कारण पनि बक्यौता संकलनमा पुरै ध्यान पुर्याउन नसकिएको समेत बताए ।
केही महिना पहिला जिल्लाको पश्चिमि क्षेत्रका लागि भन्दै गडहिया डुमरीयामा  सव स्टेशन निर्माण भई सञ्चालनमा आएपछि लाडे केही घटेको भएपनि हरिपुर्वाको सव स्टेशन निर्माण सम्पन्न हुन बाँकी रहेको र त्यो निर्माण सम्पन्न भएपछि समस्या करिब समाधान हुने केन्द्र प्रमुख यादवले बताए । उनले हरिपुर्वाको सव स्टेशन निर्माणको काममा केही समस्या भएपनि आफुले वैकल्पीक व्यावस्था गर्न लागेको र अवको केही महिनामा समस्या समाधान हुने समेत विश्वास व्यक्त गरे ।
लामो दुरीबाट विद्युत ल्याउनु पर्ने साथै सेवा क्षेत्र ठूलो रहेका कारण पनि नागरिकहरुले अपेक्षा गरे अनुसार विद्युत सेवा प्रवाह गर्न नसकिएको र त्यसको व्यावस्थापनको लागि गम्हरीयामा पनि सव स्टेशन निर्माणको लागि ठेक्का लागि सकेको केन्द्र प्रमुख यादवले बताए ।जिल्लाको गडहिया डुमरीयामा सव स्टेशन निर्माण भई सञ्चालनमा आएपछि आफुलाई विद्युत समस्या भएको भन्दै आउने फोन घटेको समेत उनले बताए ।

सम्बन्धित समाचार