सर्लाहीको पर्सा गाउँपालिका ३ स्थित नारायणपुर गाउँका दुई सय ९३ परिवारलाई जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गरिएको छ ।पर्सा गाउँपालिका ३ स्थित नारायणपुर गाउँका दुई सय ९३ परिवारलाई जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गरिएको पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र प्रसाद यादवले जानकारी दिए ।उनका अनुसार साविकको नारायणपुर गाविसमा वर्षौंदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आएका स्थानीय दुई सय ९३ परिवारलाई जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गरिएको हो । पर्सा गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वर्षौंदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आएका स्थानीय दुई सय ९३ परिवारलाई जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गरिएको पर्सा गाउँपालिका ३ का वडा अध्यक्ष रघुनाथ साहले बताए ।
पर्सा गाउँपालिका ३ साविकको नारायणपुर गाविसमा २०६७ साल मै जग्गा नाँप जाँच गरिएको र सामेबार एक कायृक्रमको आयोजना गरि दुई सय ९३ परिवारलाई जग्गाधनी पुर्जा(लालपुर्जा) वितरण गरिएको नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरले जानकारी दिए ।१३ वर्षपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर दुई सय ९३ परिवारलाई जग्गाधनी पुर्जा(लालपुर्जा)उपलब्ध गराइएको हो।वषौँको प्रतिक्षापछि आफुले भोगचलन गरेको जग्गाको जग्गाधनी पुर्जा(लालपुर्जा) पाउँदा नारायणपुरबासीमा खुसीयाली छाएको छ ।
जग्गाधनी पुर्जा(लालपुर्जा) पाउँदा अब आर्थिक समस्या भएको बेला बैँकमा जग्गा धितो राखेर ऋण लिन तथा व्यापार व्यावसाय गर्न र किनबेच गर्न सहज भएको छ ।नापी कार्यालय मलंगवाले पर्सा गाउँपालिका ३ स्थित नारायणपुरबाहेक ईश्वरपुर,हरिपुर,हरिवन,बरहथवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका गरी तीन सभन्दा बढी परिवारलाई जग्गाधनी पुर्जा(लालपुर्जा) उपलब्ध गराइसकेको छ।