७५ औं अन्र्तराष्ट्रिय मानवअधिकार दिवशको अवसरमा सर्लाहीमा विभिन्न कार्यक्रम

2.7k Shares

७५ औं अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा  सर्लाहीको मलंगवा नगरपालिका नगर प्रमुख नागेन्द्र प्रसाद यादव सम्मानित भएका छन् ७५ औं अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा  मलंगवा नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख यादव सम्मानित भएका हुन ।३२ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल बनाउन महत्वपुर्ण भूमिका खेलेका भन्दै ७५ औं अन्र्तराष्ट्रिय मानवअधिकारको अवसरमा आयोजना गरिएको कार्यक्रममा मलंगवा नगरपालिकाका नगर प्रमुख यादव सहित मलंगवा नगरपालिका १ का वडाअध्यक्ष नवल किशोर राय,मलंगवा नगरपालिका २ का वडाअध्यक्ष धिरेन्द्र साह र मलंगवा नगरपालिका ३ का वडाअध्यक्ष प्रमोद राय समेत सम्मानित भएका हुन ।


मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म चलेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधीभर अभियानलाई सफल बनाउन सहकार्य गरेका जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गरि रहेका संघ÷संस्थाहरुलाई पनि सोही अवसर पारेर सम्मान गरिएको छ । मलंगवा नगरपालिकाका नगर प्रमुख यादवको अध्यक्षता एवम मधेस प्रदेश सभा सदस्य कौशल किशोर रायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक प्रविण धिताल,नेपाली सेनाका सेनानी राजन कँडेल,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक सन्तोष ढुंगेल,मलंगवा नगरपालिकाका जनप्रतिनिधिहरु,विभिन्न गैर सरकारी संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र मानव अधिकारकर्मीहरु लगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको हो ।
त्यसैगरी ७५ औं अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आइतबार साँझ लालबन्दीमा दीप प्रज्वलन पनि गरिएको छ।लालबन्दी जेसीजको आयोजनामा सम्पूर्ण मानव जगतको मौलिक तथा नैसर्गिक अधिकार सुनिश्चितताका लागि भन्ने नारासहित लालबन्दी नगरपालिका ७ स्थित बजारमा दीप प्रज्वलन गरिएको लालबन्दी जेसिज वर्ष २०२३ का अध्यक्ष ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिए ।

सम्बन्धित समाचार