लालबन्दी नगरपालिकाद्धारा चालु आ.वको चार महिनामा १ करोड भन्दा बढी राजश्व संकलन

2.5k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चौमासिक अर्थात साउन,भदौ,असोज र कात्तिकमा मात्रै नगरपालिकाले राजश्व शाखाले रु एक करोड १० लाख ९२ हजार सात सय ४९ रुपैँया ७८ पैसा राजश्व जम्मा गरेको राजश्व,संघ/संस्था समन्वय तथा उपभोक्ता हित संरक्षण शाखाका प्रमुख गोपाल बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार भूमि तथा मालपोत कर,व्यावसाय कर,सम्पत्ति कर,अन्य कर,अन्य राजश्व,अन्य सेवा शुल्क,घरबहाल कर,जग्गा बहाल कर,नक्सापास दस्तुर,नाता प्रमाणित दस्तुर,प्रशासनिक दण्ड,जरिवाना र जफत,व्यक्तिगत घटना दर्ता दस्तुर,बेरुजु,बहाल बिरौटी कर,भूमिकर/मालपोत,व्यावसाय कर, शैक्षिकसंस्थाबाट शिक्षा सेवा शुल्क,सरकारी सम्पति बहालबाट प्राप्त आय र सिफारिस दस्तुर गरी चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल रु एक करोड १० लाख ९२ हजार सात सय ४९ रुपैँया ७८ पैसा राजश्व जम्मा भएको हो ।
भूमि तथा मालपोत कर रु १९ लाख ६४ हजार १९ पैसा,व्यावसाय कर रु छ लाख ८५ हजार पाँच सय,सम्पत्ति कर रु रु एक लाख ११ हजार पाँच,अन्य कर रु लाख  ५१ हजार आठ सय ८५,अन्य राजश्व रु २२ लाख ४३ हजार तीन सय १३,अन्य सेवा शुल्क रु चार लाख ६८ हजार पाँच सय ९९,घरबहाल कर रु ११ लाख ३६ हजार आड सय ७७ रुपैँया ५९ पैसा,जग्गा बहाल कर रु तीन लाख ९३ हजार आठ सय ३४,नक्सापास दस्तुर रु एक लाख ३७ हजार आड सय ४८,नाता प्रमाणित दस्तुर रु १५ हजार,प्रशासनिक दण्ड,जरिवाना र जफत रु ५८ हजार चार सय,व्यक्तिगत घटना दर्ता दस्तुर रु ८१ हजार सात सय,बेरुजु रु आठ लाख ६५ हजार,बहाल बिरौटी कर रु दुई लाख ८३ हजार पाँच सय,भूमिकर/मालपोत रु एक हजार दुई सय ४२,व्यावसाय कर रु दुई लाख चार हजार चार सय,शैक्षिक संस्थाबाट शिक्षा सेवा शुल्क रु ७० हजार,सरकारी सम्पति बहालबाट प्राप्त आय रु एक लाख ७५ हजार र सिफारिस दस्तुर रु १८ लाख ९३ हजार छ सय ४६ गरी चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल रु एक करोड १० लाख ९२ हजार सात सय ४९ रुपैँया ७८ पैसा राजश्व जम्मा भएको नगरपालिकाको वित्तिय व्यावस्थापन महाशाखाका प्रमुख एवम लेखा अधिकृत नेत बहादुर पाख्रिङले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाको राजश्व,संघ/संस्था समन्वय तथा उपभोक्ता हित संरक्षण शाखाले संकलन गरेको राजश्व रु एक करोड १० लाख ९२ हजार सात सय ४९ रुपैँया ७८ पैसा भएपनि विभिन्न ठेक्का पट्टाहरुबाट नगरपालिकाको राजश्व खातामा सिधैँ जम्मा हुने हुँदा सो तथ्यांक आर्थिक वर्षको अन्त्यमा एकैपटक हेर्न सकिने हुँदा नगरपालिकाको कार्यालयमा मात्रै संकलन भएको रहेको मात्र तत्काल निकाल्न सकिएको बताए ।
चालु आर्थिक वर्षबाट नगरपालिकाले डिजिटल प्रणाली मार्फत राजश्व संकलन गर्ने गरेका कारण केही सहज भएपनि नगरपालिकाको राजश्व कम संकलन भएको नगरपालिकाले जनाएको छ ।अघिल्लो आर्थिक वर्षमा हस्तलिखित राजश्व संकलन हुने गर्दा केही बढी राजश्व संकलन हुने गरेको भएपनि अहिले डिजिटल प्रणाली,कोरोना महामारी र आर्थिक मन्द्धी भएका कारण राजश्व संकलन सोचे अनुसार हुन नसकेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार