सर्लाहीको बागमती नगरपालिकामा “नगर स्तरिय लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” सम्पन्न भएको छ ।बागमती नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी “नगर स्तरिय लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान”सम्पन्न भएको बागमती नगरपालिकाको महिला तथा बालबालिका शाखाकी सास्ता ढुंगेलले जानकारी दिईन ।
हरेक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर ९ तारिख सम्म १६ दिन लैंङ्गिक हिंसा बिरुद्धको अभियान सञ्चालन हुने गरे अनुसार बागमतीमा पनि नोभेम्बर २५ तारिख अर्थात मंसिर ९ गतेदेखि डिसेम्बर ९ तारिख अर्थात मंसिर २३ गतेसम्म १६ दिन “नगर स्तरिय लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” सञ्चालन गरिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यलय सर्लाहीका प्रमुख एवम महान्यायाधीवक्ता कैलाश दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती नगरपालिका क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।सहभागिहरुलाई महान्यायाधीवक्ता दाहालले लैंङ्गिक हिंसा,यसले समाजमा पारेको असर तथा यसमा संलग्नलाई कानुनले गर्ने दण्ड सजायको विषयमा चर्चा गरेका थिए ।
यस अघि अभियान अन्तरगत विभिन्न वडामा पुगेर स्थानीय क्लव तथा महिला समुह, बालबालिकाको समेत सहभागितामा र्याली तथा अन्तकृया कार्यक्रम गरिएको थियो ।कार्यक्रममा नगरपालिका प्रतिनिधि स्वयमसेविहरुका लगायतको सहभागिता रहेको थियो। नगरपालिकाले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम गरिरहेको कार्यक्रमलाई सम्बोधन गर्दे बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।यस बर्ष “लैंङ्गिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यबद्धता”भन्ने मुलनाराका साथ “लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” मनाईएको हो ।