सर्लाहीको चन्द्रनगर गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षकहरु तथा पालिकाका कर्माचारीहरु तलबको माग गर्दै धर्नामा बसेका छन् ।चन्द्रनगर गाउँपालिका भित्रका २२ वटै सामुदायिक विद्यालयका शिक्षकहरु तथा पालिका कर्मचारीहरु एकसाता भन्दा बढी समयदेखि तलबको माग गर्दै धनार्नमा बसेका छन् । गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र उपा अध्यक्ष गीतादेवी महतोको वीचमा विवाद हुँदा चालु आर्थिक वर्षको गाउँ सभा हुन नसकेपछि चालु आर्थिक वर्षको साउनदेखि नै तलब खान नपाएको भन्दै चन्द्रनगर गाउँपालिकाका कर्माचारीहरु एवम शिक्षकहरु आन्दोलीत भएका हुन ।
स्थानीय जनप्रतिनिधिहरु बिचको आपसी राजनीतिक द्वन्द्वका कारण“साँढेको जुधाइ बाछाको मिचाइ”भएको चन्द्रनगर गाउँपालिकामा बहुमत र अल्पमतको बाहनामा जनप्रतिनिधिहरु विचमै विावद उत्पन्न भएपछि चालु आर्थिक वर्ष सुरु भएको करिब पाँच महिना हुनै लाग्दा पनि गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेको छैन् । जसका कारण गाउँपालिकाका कर्माचारीहरुका साथै शिक्षकहरुले तलब पाएका छैनन् भने गाउँपालिका भित्रका सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरु पनि मारमा परको छन् ।चन्द्रनगर गाउँपालिका भित्रको विकास निर्माणको काम पुर्णरुपमा प्रभावित भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि हालसम्म दशै,तिहार र छठ जस्तो पर्वमा समेत गाउँपालिकाले तलब खुवाउन नसकेको तथा विद्यालय संचालनको लागि आवश्यक पर्ने दिवा खाजा लगायतका विभिन्न शिर्षकहरुको रकम निकासा नगराएको र यसका लागि पटकपटक मौखिक छलफल गर्दा पनि हालसम्म कुनै निकास ननिस्केका कारण आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँ समितिका अध्यक्ष सरोज कुमार सिंहले बताए ।उनका अनुसार करिब पाँच महिनादेखि तलब नपाउँदा घर व्यवहार चलाउन निकै समस्या हुन थालेको धर्नामा बसेका शिक्षक तथा कर्मचारीहरुको गुनासो छ ।यसबाट शिक्षक,कर्मचारी तथा बालबालिकाहरुमा मनोबैज्ञानिक,आर्थिक तथा शैक्षिक रुपमा प्रतिकुल असर परिरहेको आन्दोलनरत शिक्षकहरुले बताएका छन् ।तलब पाउनुपर्ने साझा माग राखेर समस्या सामाधान नहुँदासम्म आफुहरुको आन्दोलन निरन्तर रहने आन्दोलनरत शिक्षक तथा कर्माचारीहरुले बताएका छन् ।नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँ समिति र स्थानीय तह तदर्थ समिति चन्द्रनगर संयुक्तरूपमा नियमित धर्नामा उत्रिएका हुन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कुनै पनि स्थानीय तहहरुले आउने आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम चालु आर्थिक वर्षको असारमै ल्याई सक्नु पर्ने भएपनि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोको लिडेढिप्पीले चालु आर्थिक वर्षको पाँच महिना वितिसक्नै लाग्दा पनि वार्षिक बजेट,नीति तथा कार्यक्रम आउन नसकेको चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए ।उनका अनुसार आफुहरु जनताको काम गर्न पाँच वर्षका लागि निर्वाचित भएर आएको भएपनि गाउँपालिका अध्यक्ष महतो भ्रष्टाचारमा लिप्त हुँदा जनताले आफुहरुलाई पनि धिर्कान थालेका छन् ।गत आर्थिक वर्षको बजेटमा गाउँपालिका अध्यक्ष महतोको भागमा परेको रकम कहाँ कहाँ के कति खर्च भयो ?जनताका विचमा हरहिसाब बुझाउनु पर्ने,गाउँपालिका अध्यक्ष महतोले आफुखसी गरेका निर्णयहरु बद्धर गर्नु पर्ने,वडा अध्यक्षहरु र उपाअध्यक्षको अधिकारमाथी अहस्तक्षेप गर्न रोक्नु पर्ने,करारका कर्माचारीलाई योजना शाखाबाट हटाउनु पर्ने,करारमा नियुक्त गरिएका कर्माचारीका साथै गाउँपालिका अध्यक्ष महतो र आफ्नो सचिवालय हटाउनु पर्ने माग गरेको उपाअध्यक्ष गीतादेवीले बताईन् ।हामीले जनताका माझमा हाम्रा कुराहरु यस्ता छन् भनेर राखेका छौँ तर गाउँपालिका अध्यक्ष महतो यस प्रकारका कार्य गर्न तयार नभएकाले गाउासभा हुन नसकेको उपा अध्यक्ष गीतादेवीले बताईन् ।
यता,गाउँपालिकाको हरहिसाब देखाएमा मात्र गाउँसभा गर्न दिने भनेपछि आफुले हरहिसाब देखाए पनि उपाअध्यक्ष गीतादेवी सहितको बहुमत प्यानल गाउँसभा गर्न दिनेपक्षमा नरहेको गाउँपालिका अध्यक्ष महतोले बताए ।गाउँसभा नहुँदा शिक्षक तथा कर्माचारीहरुले तलब खान नपाएका साथै अहिलेसम्म सामाजिक सुरक्षाभक्ता वितरण गर्न नपाएको र विकास नर्मिाणका कामहरु प्रभावित भएका गाउापालिका अध्यक्ष महतोले बताए ।१५ जना गाउँपालिका,गाउँकार्यपालिकामा उपा अध्यक्ष गीतादेवीको पक्षमा उनी सहित १२ जना र अध्यक्ष महतोको पक्षमा उनीसहित तीनजना रहेका छन् भने ३९ जनाको गाउँ सभामा उपा अध्यक्ष गीतादेवीको पक्षमा उनी सहित ३० जना र अध्यक्ष महतोको पक्षमा उनीसहित नौ जना रहेका छन् ।