सर्लाहीको ईश्वरपुर नगरपालिकामा सामाजिक सुरक्षा नीति निर्माण गर्न समिति गठन गरिएको छ ।ईश्वरपुर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुका लागि लालबन्दीमा आयोजित सामाजिक सुरक्षा नीति निर्माण सम्बन्धी २ दिने कार्यशालाको समापनको अवसरमा शनिवार सामाजिक सुरक्षा नीति निर्माण गर्न समिति गठन गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुर नगरपालिका ५ का वडाध्यक्ष पन्ची महतोको संयोजकत्वमा ७ सदस्यीय सामाजिक सुरक्षा नीति निर्माण गर्न समिति गठन गरिएको हो ।समितिमा कार्यपालिका सदस्य लीला पनेरु,योजना शाखाका प्रमुख पुष्करमणि घिमिरे,पन्जिकरण शाखाका प्रमुख सरोज चौलागाई,शिक्षा शाखाका अधिकृत दिनेश लुइँटेल,स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतो र ग्रामीण नारी उत्थान संघ हरिपुरका आशिष रेग्मी सदस्य रहेको छन् ।सामाजिक सुरक्षा नीति निर्माण गर्न समिति गठन गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।