सर्लाही सहित मधेश प्रदेशमा जाडो बढ्यो,जनजीवन प्रभावित

2.2k Shares

सर्लाही सहित मधेश प्रदेशका जिल्लाहरुमा जाडो बढेको छ। विगतकेही दिनदेखि बढेको जाडोका कारण सर्लाहीको जनजीवन प्रभावित हुन थालेको छ।बिहानैदेखिको बाक्लो हुस्सु लागेका कारण सवारी आवागमनमा समेत समस्या हुन थालेको सवारी चालकहरुले बताएका छन् ।जाडोका कारण जिल्लाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम हुन थालेको छ भने जाडोले विपन्न परिवार समस्यामा पर्न थालेका छन् ।
बाक्लो हुस्सु र चिसो हावा चलेका कारण सर्लाहीको जनजीवन कष्टकर बनेको हो। मौसम बदली भई अचानक बढेको कठ्यांग्रिँदो चिसोले विशेष गरी विपन्न,दलित र सुकुम्बासी परिवार बढी प्रभावित हुन थालेका छन्।बढ्दो जाडोले सर्लाहीका विपन्न र दलित बस्तीमा बढी समस्या सृजना हुन थालेको छ ।दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकको काम पनि प्रभावित हुन थालेको गुनासो आएको छ ।

सम्बन्धित समाचार