सर्लाहीको ईश्वरपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्वन्धी २ दिने कार्यशाला सुरु भएको छ। ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना तथा सेभ द चल्ड्रेनको सहयोगमा कार्यशाला लालबन्दीस्थित नमस्ते होटलमा आज ( शुक्रबार) बाट २ दिने कार्यशाला सुरु भएको सेभ द चल्ड्रेनका गोपाल नेपालीले जानकारी दिए ।उनका अनुसार सामाजिक सुरक्षा नीतिका विविध पाटाका विषयमा इश्वरपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्वन्धी २ दिने कार्यशाला सुरु भएको हो ।
कार्यशालामा ईश्वरपुर नगरपालिकाकी उपप्रमुख रन्जितादेवी चौधरी,पहुँच परियोजना संचालन भएको ईश्वरपुर नगपालिका ५ देखि १० नम्बर सम्मका वडाध्यक्षहरु,प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ,विभिन्न शाखाका प्रमुख एवम संयोजक लगायतको उपस्थिति रहेको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।
सामाजिक सुरक्षा नीतिको दुरदृष्टि,ध्येय,उद्देश्य र रणनीति तय गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको ग्रामीण नारी उत्थान संघका पहुँच परियोजना संयोजक आशिष रेग्मीले जानकारी दिए ।उनका अनुसार सामाजिक सुरक्षा नीति तय गर्न यही कार्यशालाबाट समिति बनाइने र समितिले नीति तयार गरेर नगर कार्यपालिकाबाट पारित गर्नेसम्मको पहल गर्ने छन् ।