सर्लाहीको हरिवन नगरपालिका १० स्थित ताईवान टोल पशुपालक कृषक समुहको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।आईतवार हरिवन नगरपालिका १०,स्थित ताईवान टोलामा रहेको संस्थाको कार्यालयमा संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको हो । कृषि तथा पशुपालको माध्यमबाट स्थानीय स्तरमा न्युन आए भएका परिवारहरुको जीवन स्तर उकास्ने उद्धेश्य सहित संस्था संचालनमा आएको र संस्थाले प्रथम वर्षिक साधारण सभा गरेको संस्थाकी अध्यक्ष वेली कुमारी मोक्तानले जानकारी दिईन ।उनका अनुसार संस्थाको प्रथम वार्षिक सधारण सभामा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै,संस्थाको प्रथम वार्षिक साधारण सभाको अवसरमा हरिवन नगरपालिका १० स्थित ताईवानका अपांगता भएका १५ जनालाई बल्यांकेट वितरण गरिएको संस्थाले जनाएको छ । सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य कुशवाहको व्यावस्थापन तथा संस्थाको समन्वयमा प्रमुख अतिथि कुशवाहले बल्यांकेट वितरण गरेका हुन ।साथै हरिवन नगरपालिका १० स्थित ताईवानका विपन्न १० परिवारलाई पनि नेकपा(माओवादी केन्द्र)का नेता नरेन्द्र साहको सहयोगमा बल्यांकेट वितरण गरिएको छ ।कार्यक्रममा नेकपा(माओवादी केन्द्र)हरिवन नगर कमिटिका अध्यक्ष ताराराज पन्त(अर्जुन), उपाध्यक्ष जयमान पाख्रिन,सचिव गौरी महतो,सचिवालय सदस्य रोहित परियार लगाएतको आतिथ्यता रहेको थियो ।समुहले सामुहिक रुपमा मासिक केही रकम संकलन गर्ने र समस्यामा परेका सदस्यहरुलाई सहयोग गर्ने लगाएतका काम समेत गर्दै आएको छ ।