हरिपूर्वामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खनालको सरुवा,अन्यौलता कायमै

1.9k Shares

सर्लाहीको हरिपूर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् ।१८ सोज १८ गते हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पद खाली रहेको थियो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल शंकरापुर नगरपालिका काठमाण्डौँमा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव बासुदेव खनाललाई हरिपूर्वा नगरपालिकामा सरुवा गरेको हो ।उप सचिव खनालको नियुक्तिपछि हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोदकुमार साह काठमाडौं पुगेका छन् । उनले खनाललाई लैजान काठमाडौं पुगेको बताएका छन् ।
तर,नियुक्ति पाएका उप सचिव खनाल भने चीन भ्रमणमा रहेको र ४चार दिन बाटोको म्यादसहित २१ दिनभित्र नगरपालिकामा हाजिर हुने जानकारी सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।तर,उप सचिव खनाल हरिपूर्वा नगरपालिका जान तयार हुन्छन् कि हुँदैनन् भन्ने निश्चित छैन ।मन्त्रालयले कुनै छलफल नगरी सरुवा गरेकाले उप सचिव खनालले हरिपूर्वा नगरपालिका जान नमान्ने डर नगरपालिकाका जनप्रतिनिधिहरुलाई कायमै छ ।उप सचिव खनाल सम्पर्कमा नआएकाले फेरि प्रमुख प्रशासकीय अधिकृतको समस्या हल नहुने देखिएको नगर प्रमुख साहको सचिवालयले जनाएको छ ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा हरिपूर्वा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट,नीति तथा कार्यक्रम नै ल्याउन सकेको छैन । शिक्षकहरुले तलब नपाएको भन्दै आन्दोलन गरि रहेका छन् । विकास निर्माणका सम्पुर्ण काम प्रभावित भएका छन् तर, प्रमुख प्रशासकीय अधिकृतको खटनमा राजनीति हाबी हुँदा नगरपालिकाको सेवा प्रवाह नै ठप्प बन्न पुगेको पाइएको छ ।

सम्बन्धित समाचार