हरिपुर्वामा खनाल प्रमुख प्रशासकीय अधिकृत,कतिदिन रहलान भन्ने चिन्ता कायमै

2.1k Shares

सर्लाहीको हरिपुर्वा नगरपालिकामा बासुदेव खनाल प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् ।लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर सभा समेत गर्न नपाएको हरिपुर्वा नगरपालिकाले यस पटक भने खनाललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पाएको छ ।संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम अतिरिक्त समुहमा दरबन्दी कायम हुने गरी कामकाज गर्न खनालालई हरिपुर्वा खटाएको छ ।काठमाण्डौँको शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनाललाई अर्को व्यावस्था नहुँदा सम्म हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयले पठाएको हो ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम अतिरिक्त समुहमा दरबन्दी कायम हुने गरी खनाललाई सर्लाहीको हरिपुर्वा नगरपालिकामा कामकाज गर्न खटाएको मन्त्रालयका शाखा अधिकृत उमेश कुमार दाहालले जानकारी दिए ।हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साह र सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाल सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादव विचको एक आपसको टकरावका कारण हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआउँदा चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट,नीति तथा कार्यक्रम पहिलो चौमासिक वितिसक्दा पनि आउन सकेको छैन् ।
जसका कारण हरिपुर्वा नगरपालिकाका शिक्षक एवम कर्माचारीहरुले तलब खान पाएका छैनन् भने नगर सभा नहुँदा विकास निर्माणका काम पुर्ण रुपमा प्रभावित भएका छन् ।तर विगत करिब १० महिनाको अवधिमा ६ जना प्रमुख प्रशासकीय अधिकृत पाएर गुमाई सकेका हरिपुर्वाबासी प्रमुख प्रशासकीय अधिकृत खनाल पनि कहिले सरुवा हुन्छन् भन्ने चिन्तामै देखिएका छन् ।

सम्बन्धित समाचार