सर्लाहीको मुख्य नाका गोरखकाली नाकाबाट चालु आर्थिक वर्षको एक महिनामा मात्रै करिब पाँच करोडको आलु,प्याज भित्रिएको छ ।चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै मुख्य भन्सार नाका गोरखकाली नाकाबाट करिब पाँच करोडको आलु प्याज भित्रिएको सर्लाही भन्सार कार्यालय मलंगवाका प्रमुख एवम भन्सार अधिकृत नरेश साहले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८०/२०८१ को कात्तिक महिनामा मात्रै छ हजार चार सय ३९ टन आलु,प्याज भित्रिँदा करिब पाँच करोड ाजश्व संकलन भएको हो । जसमा आलु चार हजार चार सय १० टन र प्याज दुई हजार २९ टन भित्रिएको हो ।भन्सार अधिकृत साहका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा आलुबाट रु दुई करोड ८३ लाख ९१ हजार र प्याजबाट रु दुई करोड १२ लाख ४८ राजस्व संकलन भएको हो ।
भारतका विभिन्न बजारहरुबाट जिल्लाको मुख्य नाका गोरखकाली नाकाबाट मात्रै सबैभन्दा धेरै कृषि जन्य सामानहरु भित्रने र त्यसमा पनि आलु प्याज बढी भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार त्यस पछि भेनियर र कपडा लगायतका सामाग्रीहरु भित्रने गरेका छन् ।