सर्लाहीका सबै सरकारी कार्यालयमा डिजिटल हाजिरि(इ हाजिरी) लागु हुने

2k Shares

सर्लाहीका सबै सरकारी कार्यालयहरुमा डिजिटल हाजिरि(इ हाजिरी) लागु हुने भएको छ ।नागरिकहरुको सेवा प्रवाहमा प्रभावकारीता र जनगुनासोको सम्बोधन गर्न भन्दै सबै सरकारी कार्यालयहरुमा डिजिटल हाजिरि(इ हाजिरी) लागु गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए।
उनका अनुसार जिल्लाका सबै सरकारी कार्यालयहरुमा जतिसक्दो चाँडो अनिवार्य डिजिटल हाजिरि(इ हाजिरी)को प्रवन्ध गर्ने निर्णय भएको हो ।जिल्लाका सबै सरकारी कार्यालयहरुलाई परिपत्र गरी डिजिटल हाजिरि(इ हाजिरी)को व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी धमलाले निर्देशन दिए ।
जिल्लाका सरकारी कार्यालयहरुका कर्माचारीहरुका सवालमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा धेरै गुनासाहरु आएका कारण ती गुनासाहरु समाधान गर्ने उद्धेश्य स्वरुप डिजिटल हाजिरि(इ हाजिरी) लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार