सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साह र संघिय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवको आपसी मतभेद् र जुधाईका कारण हरिपुर्वा नगरपालिका अनिर्णयको बन्धी बनेको छ ।सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका खानेपानी मन्त्री यादव र २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका नगर प्रमुख साहको आपसी मतभेद र जुधाईका कारण नगरपालिका अनिर्णयको बन्धी बनेको स्थानीयको आरोप छ ।
खानेपानी मन्त्री यादव र नगर प्रमुख साहको मतभेद् र जुधाईका कारण हरिपुर्वा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट,नीति तथा कार्यक्रम समेत ल्याउन सकेको छैन् भने नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि नगर भित्रका शिक्षक तथा कर्माचारीहरुले तलब खान पाएका छैनन् ।त्यस्तै नगरपालिका भित्रका सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरुले समेत सामाजिक सुरक्षा भक्ता पाएका छैनन् ।
हरिपुर्वा नगरपालिकाको नगर सभा नहुनुको मुख्य दोषी संघिय सरकारका खानेपानी मन्त्री यादवको हात रहेको हरिपुवार्न नगरपालिकाका नगर प्रमुख साहले आरोप लगाए ।उनले संघिय सरकारको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै खानेपानी मन्त्री यादवका कारण नगरपालिकामा चैत्रदेखि नै प्रमुख प्रशासकीय अधिकृत नआउँदा नगर सभा नभएको र शिक्षक तथा कर्माचारीहरुले तलब र नगरपालिका भित्रका सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरुले समेत सामाजिक सुरक्षा भक्ता नपाएका बताए ।
एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदै पन्छीने खानेपानी मन्त्री यादव र नगर प्रमुख साहको आपसी मतभेद् र जुधाईका कारण हरिपुर्वा नगरपालिकाको विकास निर्माणको काम पुर्ण रुपमा प्रभावित भएको स्थानीयको भनाई छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएपनि खानेपानी मन्त्री यादव र नगर प्रमुख साहको आपसी मतभेद् र जुधाईका कारण प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नमान्ने,हाजिर भई हालेपनि केही घण्टा मै सरुवा भइहाल्ने गरेका कारण नगर सभा हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि नगर सभा नहुनुका साथै नगर भित्रका शिक्षक तथा कर्माचारीहरुले तलब खान नपाएको गुनासो गरेका छन् भने हरिपुर्वा नगरपालिकाका भित्रका सामुदायिक विद्यालयहरुका शिक्षक तथा विद्यालय कर्माचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
यता,संघिय सरकारका खानेपानी मन्त्री यादवले राजनैतिक समस्या नभई स्थानीय समस्या रहेको बताए । उनले स्थानीय स्तरमा उत्पन्न भएको समस्या समाधान गर्नका लागि स्थानीय राजनैतिक दलका नेताहरु सम्मिलित समिति गठन भएको र सो समितिले ९ बुँदे निर्णय गरेको समेत बताए । उनले स्थानीय स्तरमा सृजना भएको समस्या समाधानका लागि गरेका ९ बुँदे निर्णय कार्यन्वयन गर्दा समस्या समाधान हुने बताए ।“म त मेरो गाउँ राम्रो होस भन्ने चाहन्छु,मलाई स्थानीय तहको राजनितिमा हस्तक्षेप गर्नु पर्ने कुनै कारण छैन र हस्तक्षेप पनि गरेको छैन ।”मन्त्री यादवले बताए ।
एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदै पन्छीने र नराम्रा काम जति अरुले गरेको राम्रा काम जति मैले गरेको भन्ने मन्त्री यादव र नगर प्रमुख साहको जुधाईमा नगर भित्रका शिक्षक,कर्माचारीहरुका साथै सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरु र नगरबासी आजित भएका छन् ।छिमेकी स्थानीय तहहरुले पहिलो चौमासिकमा गरेको विकास निर्माणको कामको समिक्षा गरि रहेको समयमा हरिपुर्वा बासीहरु पुर्पुरोमा हात राखेर बस्नु बाहेक अरु गर्न सक्ने अवस्था नरहेको स्थानीयले गुनासो गरे । हरिपुर्वा नगरपालिकामा स्थानीय जनप्रतिनिधिहरुका साथै मन्त्री यादव र नगर प्रमुख साह विचको विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नबस्दा चालु आर्थिक वर्ष २०८०/०८१ को नगर सभा समेत हुन सकेको छैन् ।जसका कारण नगरको आर्थिक तथा विकास निर्माणका सबै कामहरु प्रभावित भएका छन् ।