हरिवन ११ को समृद्धि सहकारीको १६ औँ बार्षिक साधारण सभा सम्पन्न,एकै वर्षमा ७७ लाख भन्दा बढी मुनाफा

2.1k Shares

सर्लाहीको हरिवनमा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६ औँ बार्षिक साधारण सभा गरेको छ ।हरिवन नगरपालिका ११ स्थित रहेको सहकारीले आफ्नो १६ औँ बार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९÷०८० मा रु ७७ लाख ६६ हजार पाँच सय १७ मुनाफा गरेको जनाएको छ ।संस्थाको बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ताराराज पन्त(अर्जुन)ले संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा रु ७७ लाख ६६ हजार पाँच सय १७ मुनाफा गरेको जानकारी दिएका हुन ।उनका अनुसार १६ औं वार्षिक साधारण सभामार्फत संस्थाले प्राप्त गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा समेत गरेको छ ।
संस्थाका अध्यक्ष पन्तको अध्यक्षता तथा पूर्व रक्षा मन्त्री एवम सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका ११ स्थित रहेको नेवा सेवा समाज हरिवनको सभाहलमा संस्थाको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका सचिव सुरेश भट्टराईले जानकारी दिए ।कार्यक्रममा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल),उपप्रमुख हरिमाया घलान,जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष मन्दिरा आचार्य लगायतको विषेश आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार