सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा बहुउद्देशीय भवन तथा आधुनिक वधशाला निर्माण हुने भएको छ ।नगर विकास कोषको ऋण लगानी र ईश्वरपुर नगरपालिकाको साझेदारीमा करिब रु साँढे चार करोडको लागतमा बहुउद्देशीय भवन तथा आधुनिक वधशाला निर्माण हुने इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार ईश्वरपुर नगरपालिका र नगर विकास कोष विच ७० प्रतिशत नगर विकास कोषको र ३० प्रतिशत नगरपालिकाको लगानीमा बहुउद्देशीय भवन तथा आधुनिक वधशाला निर्माण गर्ने सम्झौता भएको हो ।
नगर विकास कोषले वधशाला आयोजनाको कुल लागत रु चार करोड ५० लाखको ५५ प्रतिशत अर्थात रु दुई करोड ४७ लाख ५९ हजार ऋण नगरपालिकालाई दिने सम्झौता भएको नगर प्रमुख आचार्यले जानकारी दिए ।यस्तै रु ६७ लाख ५२ हजार अर्थात १५ प्रतिशत अनुदान स्वारुप नगर विकास कोषले ईश्वरपुर नगरपालिकालाई दिने र बाँकी रु एक करोड ३५ लाख अर्थात ३० प्रतिशत नगरपालिकाबाट व्यहोरिने भएको नगरपालिकाले जनाएको छ ।