जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको चार महिनामा करिब ७७ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन,भदौ,असोज र कात्तिकमा गरी रु ७६ लाख ७८ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक मदन थापाले जानकारी दिए ।उनका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु २३ लाख २५ हजार,भदौमा रु २५ लाख ३६ हजार ५ सय,असोजमा रु १४ लाख ६१ हजार ५ सय र कात्तिकमा रु १३ लाख ७७ हजार ५ सय गरी ४ महिनामा कुल रु ७६ लाख ७८ हजार राजश्व संकलन भएको हो ।
चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा ९ हजार ४ सय ९७ वटा सवारी साधनहरु कार्बाहीमा परेका छन् । जसमा साउनमा ३ हजार १ सय,भदौमा ३ हजार ५ सय,असोजमा १ हजार ४ सय ४३ र कात्तिकमा १ हजार ४ सय ५४ वटा गरी कुल ९ हजार ४ सय ९७ वटा सवारी साधनहरु कार्बाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा ७३ वटा दुर्घटना भएका छन् भने १९ जनाको ज्यान गएको छ । जसमा पुरुष १४ जना र महिला ५ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ । भने साउनमा १० वटा,भदौमा २२ वटा,असोजमा ८ र कात्तिकमा ३३ वटा सवारी साधनहरु दुर्घटना भएका ट्राफिक प्रहरीको भनाई छ।