शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा सवारी दुर्घटना हुँदा तीनजना घाईते भएका छन् । पुर्व पश्चीम राजमार्ग स्थित हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा अटो र मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना धाईते भएका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रहरीका अनुसार पुर्व पश्चीम राजमार्ग स्थित हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा पश्चीमबाट पुर्व तर्फ आउँदै गरेको प्र.२–०४–०७१.००५० नम्बरको अटो र उत्तरबाट दक्षिण तर्फ आउँदे गरेको प्र.२–०३– ००६ प.१६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ बस्ने अन्दाजी बर्ष ४९ का हेम बहादुर पुलामी,अटो चालक सर्लाहीको हरिवन नगरपालिका ८ बस्ने अंन्दाजी बर्ष ४६ का ज्ञानेन्द्र खड्का र अटोमा सवार हरिवन नगरपालिका ११ बस्ने अन्दाजी बर्ष ७० का दिप बहादुर भण्डारी घाईते भएका छन् ।
बुधबार दिउँसो करिब ११ः३० बजे भएको सवारी दुर्घटनाका घाईते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ बस्ने अन्दाजी बर्ष ४९ का मोटरसाईकल चालक पुलामी सामान्य र हरिवन नगरपालिका ८ बस्ने अंन्दाजी बर्ष ४६ का अटो चालक खड्का मध्याम घाईते भएका छन् उनीहरुको हरिवनमा रहेको नमुना अस्पतालमा उपचार भई रहेका छ भने अटोमा सवार हरिवन नगरपालिका ११ का अन्दाजी बर्ष ७० का भण्डारीलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि काठमाण्डौँ पठाइएको प्रहरीले जनाएको छ ।