शंखर पहाडी(गौरब)
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा दुई सय भन्दा बढी किसानहरुले निःशुल्क माटो परिक्षण गराएका छन् । चक्रघट्टा गाउँपालिकामा दुई सय भन्दा बढी किसानहरुले आ–आफ्नो खेतबारीको माटो निःशुल्क परीक्षण गराएका हुन ।
गाउँपालिकाको आयोजना एवम माटो तथा मल परीक्षण प्रगोगशाला राजविराज सप्तरीको सहयोगमा चक्रघट्टा गाउँपालिकाका करिब दुई सय जना किसानहरुले खेतबारीबाट ल्याएका माटो निःशुल्क परीक्षण गरिएको चक्रघट्टा गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक टीका बस्नेतले जानकारी दिईन् ।
उनका अनुसार एक दिने माटो परीक्षण शिविरमा दुई सय २५ जना किसानहरुले आ–आफ्नो खेतबारीको माटो ल्याएर निःशुल्क परीक्षण गराएका हुन् । प्रादेशिय कार्यालयबाट आएका तीन जना प्राविधिक सहितको टोलीले माटो परीक्षणको काम गर्नु भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
माटो परीक्षणको क्रममा नाइट्रोजन,पोटास,फसफोरस,अम्लियपन र माटोको किसिमको परीक्षण गरिएको माटो तथा मल परीक्षण प्रयोगशाला सप्तरीका कार्यालय प्रमुख सुनिलकुमार सिंहले बताए । उनका अनुसार माटो परीक्षणको विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक रुपमा चक्रघट्टा गाउँपालिकाको माटो अन्य स्थानको भन्दा खेतियोग्य नै रहेको छ ।
कृषि उत्पादन बढाउने र किसानहरुलाई आवश्यक सर सल्लाह समेत दिने उद्देश्यले गाउँपालिका भरीका किसानहरुको निःशुल्क माटो परीक्षण गरिएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बताए । उनका अनुसार किसानवर्ग लाभान्वित गर्दै गाउँपालिका भरीका सबै किसानहरुको निःशुल्क माटो परिक्षण गरिएको हो । माटो परिक्षण पछि कति जमिन र माटो कस्तो रहेको जमिनका कति रासायनिक मल प्रयोग गर्ने,के बाली लगाउने भन्ने विषयमा किसानहरुलाई जानकारी हुने गाउँपालिकाले जनाएको छ ।