ग्यारेजमा राखिएको टिपरमा कार ठोक्किदा तीनजना घाईते

1.6k Shares

गणेश खड्का
पुर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको लालबन्दी नगरपालिका ६ मा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पुर्वबाट लालबन्दी तर्फ आउदै गरेको प्रदेश नम्बर ३–०१–०२४ च ५७४९  नम्बरकोे कार पुर्व पश्चिम राजमार्गको लालबन्दी नगरपालिका ६ स्थित ईलाका प्रहरी कार्यालय लालबन्दी नजिकै अचानक रोकिराखेको ना १ क ८११० नम्बरको गजुरमुखी कम्पनीको टिपरमा ठोक्किदा तीनजना घाइते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
बिग्रेर बनाउन ग्यारेजमा राखिएको टिपरमा पुर्वबाट लालबन्दी तर्फ आउादै गरेको कार अचानक  ठोक्किन पुग्दा कारमा सवार हरिवन नगरपालिका ३ का अन्दाजी वर्ष ३८ का संजिव मोक्तान,हरिवन नगरपालिका ११ की अन्दाजी वर्ष २८ की निशा थापा र कारका चालक हरिवन नगरपालिका ३ का अन्दाजी वर्ष २८ का उपेन्द्र महतो घाईते भएका प्रहरीले जनाएको छ ।
घाईते मोक्तानका अनुसार थापा लिफ्ट मागेर सो कारमा आएकी थिइन् । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको प्रहरीले जनाएको छ । कार के कारणले सडक भन्दा बाहिर विपरित दिशामा गएर रोकिराखेको टिपरसंग ठोक्कियो भन्ने विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार