कार राेकिराखेकाे टिपरमा ठाेक्कियाे,तीनजना घाईते

2.1k Shares

शंखर पहाडी(गाैरब)
पुर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको लालबन्दी नगरपालिका ६ मा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
पुर्वबाट लालबन्दी तर्फ आउदै गरेकाे  प्रदेश नम्बर ३-०१-०२४ च ५७४९  नम्बरकाे  किया कम्पनीकाे कार पुर्व पश्चिम राजमार्गकाे लालबन्दी नगरपालिका ६ स्थित  ईलाका प्रहरी कार्यालय लालबन्दी नजिकै अचानक राेकिराखेकाे ना १ क ८११० नम्बरकाे गजुरमुखी कम्पनीको टिपरमा ठाेक्किदा तीनजना घाइते भएका प्रहरीले जनाएको छ । टिपर बनाउन ग्यारेज अगाडि राखेकाे ठाउँमा विपरित दिशामा गएर टिपमा कार ठाेक्किएकाे हाे ।
कारमा कति जना सवार र कति जना घाइते  भए भन्ने एकिन भई नसकेकाे र कार के कारणले सडक भन्दा बाहिर गएर राेकिराखेकाे टिपरसंग ठाेक्कियाे भन्ने विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार