दुर्गा कुमारी अधिकारी
सागरनाथ वन विकास परियोजना सर्लाहीका एक सय ४६ जना कर्माचारीहरुले नौ महिना देखि तलब खान नपाएको भन्दै आन्दोलीत भएका छन् । सागरनाथ वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती कर्माचारी संगठन प्रारम्भिक कार्य समिति सर्लाहीले संयुक्त रुपमा आन्दोलन सुरु गरेका सागरनाथ वन विकास परियोजना मजदुर युनियन सर्लाहीका अध्यक्ष सन्तोष साह तेलीले बताए ।
उनका अनुसार सागरनाथ वन विकास परियोजना मजदुर युनियन सर्लाही र नेपाल निजामती कर्माचारी संगठन प्रारम्भिक कार्य समिति सर्लाहीका कर्माचारीहरुले आफ्नो तलब नौ महिनादेखि नपाएको भन्दै परियोजनाको कार्यालयमा तालबन्दी गरेका छन् ।
सागरनाथ वन विकास परियोजना सर्लाहीका एक सय ४६ जना कर्माचारीहरुले नौ महिना देखि तलब खान नपाउँदा पनि परियोजना प्रमुख मौन बसेका कारण आफुहरु आन्दोलनमा उत्रिएको नेपाल निजामती कर्माचारी संगठन प्रारम्भिक कार्य समिति सर्लाहीका अध्यक्ष छत्र वहादुर डुम्जनले बताए ।
यी दुई कर्माचारी संगठनहरुले केही दिन पहिला विज्ञाप्ती जारी गरि एक हप्ता भित्रमा परियोजनाका एक सय ४६ जना कर्माचारीहरुको नौ महिनादेखि रोकिएको तलब उपलब्ध गराउन माग गरेको तर परियोजना प्रमुख राम किशोर यादव मौन बसेका कारण परियोजनाको कार्यालयमा तालाबन्दी गरेको नेपाल निजामती कर्माचारी संगठन प्रारम्भिक कार्य समिति सर्लाहीका अध्यक्ष डुम्जनले बताए ।
उनका अनुसार यी दुई कर्माचारी संगठनहरुले २०७९ चैत्र २७ गते एक हप्ता भित्र एक सय ४६ जना कर्माचारीहरुको नौ महिनादेखि रोकिएको तलब उपलब्ध गराउन भन्दै संयुक्त विज्ञप्ती जारी गरेका थिए ।सो विज्ञप्तीमा परियोजनामा कार्यंरत एक सय ४६ जना कर्माचारीहरुको भदौ देखि रोकिएको तलब एक हप्ता भित्र उपलब्ध नभएर जेष्ठ १ गते देखी चरणबद्ध आन्दोलन गर्ने उल्लेख थियो ।
यता, परियोजना क्षेत्रमा उत्पादीत वन पैदावार विक्रि वितरण नभएकाले कर्माचारीहरुको तलब रोकिएको परियोजना प्रमुख यादवले बताए । उनका अनुसार परियोजनामा उत्पादन भएको वन पैदावार विक्रि वितरण गरेर मासिक करिब रु ५० लाख रकम तलबमा खर्च गर्नु पर्ने भएपनि परियोजनालाई सरकारबाट कुनै किसिमको सहयोग नगरेका कारण परियोजना आर्थिक टाट पल्टिदाँ तलब खुवाउन नसकिएको हो ।