सिमा क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण हुने

1.5k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको सिमा क्षेत्रमा मोवाइल नेटवर्कका टावरहरु निर्माण गरिने भएको छ । नेपाल भारत सिमा क्षेत्र अन्र्तगत पर्ने जिल्लाका सिमा क्षेत्रमा मोवाइल नेटवर्कका तीनवटा टावर निर्माण गरिने भएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा (क) का प्रदेश सभा सदस्य फकिरा महतोले जानकारी दिए ।
उनका अनुसार जिल्लाकोे सिमावर्ती क्षेत्रमा नेपाल टेलिकमका तीन वटा टावर निर्माण गरिने भएको हो । बिष्णु गाउँपालिका ३ मधुवन बजार,गोडैता नगरपालिका २ पिपरनाथ र बलरा नगरपालिका ६ मिर्जापुरमा मोवाइल नेटवर्कको निकै समस्या रहेको छ जसका कारण सो क्षेत्रमा मोवाइल नेटवर्कका तीनवटा टावर निर्माण गरिने भएको नेपाल टेलिकमले जनाएको छ ।
क्षेत्रवासीलाई नेटवर्कको समस्याबाट राहत पाउन र सबै जनतामा मोबाईल,इन्टरनेटको सहज पहुँच पुर्याउन टावर निर्माणका लागि पहल गरिएकोे प्रदेश  सभा सदस्य महतोले बताउनुभयो । क्षेत्रका स्थानीयले मोबाईलमा नेटवर्क नआउने र कहि आएपनि फोरजी नचल्ने जस्ता गुनासो पटक पटक गरेको कारण आफुले पहल गरेर प्रदेश  सभा सदस्य महतोले बताए ।
जनप्रनिधिहरुले जनताका समस्या समाधानका लागि प्राथमिकता दिएर काम गर्नु पर्ने र सोही अनुसार आफुले आफ्नो क्षेत्रका जनताका समस्याहरु समाधानमा विशेष पहल गर्ने प्रदेश सभा सदस्य महतोले बताए । आफुले आफ्नो क्षेत्रको सो समस्या सुचना सञ्चार तथा प्रविधि मन्त्रालयसम्म पुर्याएको र मन्त्रालयबाट सकारात्मक कुरा आएको  प्रदेश सभा सदस्य महतोले बताए ।
आफुले आफ्नजो क्षेत्रका लागि नौ वटा टावरको काम गरेको भएपनि मन्त्रालयले अहिलेका लागि तीन वटा टावरको निर्माणका लागि स्विकृति भएको हो । मोबाईलमा नेटवर्क नआउने,आएपनि सहजरुपमा  कुरा नहुने, इन्टरनेट नचल्ने जस्ता समस्याले गर्दा जिल्लाको सिमावर्ती क्षेत्रका नागरिक निकै समस्या परेका स्थानीय संजय सिंहले बताए । नेटवर्कको समस्याले गर्दा सिमावर्ती क्षेत्रका मानिसहरुलाई मोबाईलमा इन्टरनेट चलाउन भारतीय सिम जियो र एयरटेल प्रयोग गर्नुपरेको बाध्यता रही आएको स्थानीय मनोज कुमार सिंहले बताए ।
सिमावर्ती क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माणले नेटवर्कसंग सम्बन्धि हरेक समस्यासंग सर्वसाधारणले राहत पाउने र मोबाईल इन्टरनेटबाट बाहिर रहेका नागरिकलाई सुचना तथा संचारमा पहुँच पुर्याउने अपेक्षा गरिएको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहले बताए ।

सम्बन्धित समाचार