अत्याधिक गर्मी बढेपछि सर्लाही सहित मधेश प्रदेशको जनजीवन प्रभावित

1.9k Shares

गणेश खड्का
सर्लाही सहित मधेश प्रदेशमा एक सातादेखि निरन्तर बढेको गर्मी र चर्को घामले स्थानीय आजित भएका छन् । लगातार चर्को घाम लागेकाले अत्याधिक गर्मी बढ्दा स्थानीय आजित भएका हुन । विगत करिब एक सातादेखि बिहान सूर्योदय हुँदादेखि नै घरबाहिर निस्कन गाह्रो पर्ने गरी चर्को घाम लाग्ने गरेको छ । तापक्रम दिनहुँ बढ्दा मानिसको दैनिकीमा निकै प्रभाव परेको छ ।गर्मी र धुलो धुँवाको प्रकोपले धेरै मानिस बिरामी नै पर्न थालेका चिकित्सकहरुले बताए ।
टाउको दुख्ने,घाँटी दुख्ने,झाडापखाला,अपज,ज्वरो,रुघाखोकी लाग्ने लगायत गर्मीजन्य संक्रमणका बिरामी जताततै बढ्न थालेका छन् । चिकित्सकहरुले यो मौसममा प्रशस्त पानी पिउन र खानपानमा सावधानी अपनाउन आग्रह गरेका छन् । गर्मी बढ्दा मध्यान्हमा गाउँबस्ती र बजार क्षेत्र सुनसान देखिन थालेका छन् ।
गर्मीले विद्यालय जानुपर्ने बालिकालिका,खेतमा काम गर्नुपर्ने किसान र मजदुरीमा निस्कनुपर्ने मजदुर प्रभावित हुन थालेका छन् । अत्याधिक गर्मी र रातको समयमा लामखुट्टेको प्रकोप अत्याधिक बढ्दा यस क्षेत्रका मानिस आजित भएका हुन ।त्यस्तै गर्मी बढेका कारण बजारमा चिसो पेय पदार्थहरुको व्यापार बढेको व्यापारीहरुले बताएका छन् । खरबुजा देखि चिसो पेय पदार्थहरुको व्यापारमा बृद्धि भएको व्यापारीहरुको भनाई छ । तर गर्मी भयो भन्देमा चिसो पेय पदार्थ अत्याधिक प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले सर्तक रहन चिसित्सकहरुले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार