शंखर पहाडी(गौरब)
सर्लाहीको सागरनाथमा वन जंङ्गलको संरक्षण सम्बन्धी अन्र्तक्रिया गरिएको छ । सागरनाथ वन विकास परियोजनाको सभा हलमा भएको अन्र्तक्रिया कार्यक्रममा पछिल्लो समय जिल्लामा वन विनाश बढ्दो रहेको र यसको संरक्षण तथा सुरक्षामा कस कसको सहयोग रहन्छ भन्ने विषयमा अन्र्तक्रिया गरिएको डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार इश्वरपुर नगरपालिका ४ स्थित रहेको सागरनाथ वन विकास परियोजनाको सभा हलमा भएको अन्र्तक्रिया कार्यक्रममा वन सुरक्षा गर्न के गर्न सकिन्छ,कसरी र को कोसंग समन्वय गरेर जाने भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो ।
संघियता पछि वन ऐन २०४९ विस्थापित भई २०७६ जारी भएपछि वनजंगलहरुको सुरक्षाका लागि साझा बुझाई कायम गराउँदै वन तथा वन्यजन्तु र नदीजन्य पदार्थको संरक्षण र व्यावस्थापन सम्बन्धी जानकारी गराउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले बताए ।
उनका अनुसार वनका कानुनमा रहेका नीतिहरुको जानकारी गराउनुका साथै कानुनी जानकारीको अभावमा देखा परेका समस्या र अभावहरुका विषयमा छलफल गर्दै समस्या समाधान गर्ने विषयमा अन्तरक्रिया गरिएको हो ।
वनजन्य तथा नदी जन्य पदार्थहरुको संरक्षण र नियमन गर्ने काम कस कसको हो । सुरक्षा निकाय र वन कार्यालय तथा वन कार्माचारीहरु विचको सम्बन्ध कस्तो हुनुपर्छ । भन्ने विषयमा छलफल भएको सहायक वन अधिकृत सजन चौधरीले बताए । उनका अनुसार कार्यक्रममा सव डिभिजन वन कार्यालय घारीका कार्यालय प्रमुख सत्यदेव यादव, सागरनाथ वन विकास परियोजना सर्लाहीका सहायक वन अधिकृत शिवेन्द्र चौधरी र ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक लक्षमण केसी लगायतको उपस्थिती रहेको थियो ।