सागरनाथ वन विकास परियोजनाको जंगल र खोलामा व्यापक तस्करी

1.6k Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको बाँके जंगलमा परियोजना प्रमुख र सहायक वन अधिकृतको मिलेमतोमा व्यापक काठ तस्करी भएको छ ।परियोजनाको बाँके जंगलमा परियोजना प्रमुख राम किशोर यादव र सहायक वन अधिकृत शिवेन्द्र चौधरीको मिलेमतोमा व्यापक काठ तस्रकी भएको पाइएको स्थानीयले बताएका छन् ।
सागरनाथ वन विकास परियोजना अन्र्तगत रहेको बाँके जंगलबाट व्यापक मात्रामा सालका रुखहरु काटी तस्करी भएको भएपनि परियोजना प्रमुख यादव सहित परियोजनाका सहायक वन अधिकृत चौधरी मौन देखिनुले उनीहरुको संग्लग्नतामा काठ तस्करी भएको पाइएको स्थानीयले बताएका छन् ।


सागरनाथ वन विकास परियोजनाका एक सय ४६ जना कर्माचारीहरुले विगत करिब आठ महिनादेखि तलब खान नपाएको गुनासो गरि रहँदा परियोजना भित्रको काठ तस्करीमा परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी व्यापक मात्रामा काठ तस्करी हुँदा समेत मौन बस्नुले तस्कर र कार्यालय प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको मिलेमतो रहेको स्थानीयले आशंका गरेका छन् ।


यता,कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालीत कमलामाई खबरडटकम नामक अनलाई पत्रिकामा“सागरनाथ वन विकास परियोजना भित्र काठ तस्करी व्यापक,परियोजना मौन”शिर्षकमा समाचार प्रकाशन भएपछि परियोजना प्रमुख यादवले जिल्ल प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई फोन गर्न लगाएका थिए । प्रमुख जिल्ला अधिकारी यादवले फोनमा खासै कुरा नगरेपनि सो समाचार हटाउन भन्ने शंकेत बुझियो । जसबाट पनि परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको मिलेमतोमा परियोजनाको क्षेत्रभित्रको जंगलबाट सालका रुखहरु काटि तस्करी भएको प्रष्ट हुन्छ ।
त्यसपछि परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको आयोजनामा प्रमुख जिल्ला अधिकारी यादव र जिल्ला प्रहरी कार्यालय  सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदी सहितको टोलीलाई बोलाएर भोज खुवाएका थिए । परियोजना प्रमुख यादवले प्रमुख जिल्ला अधिकारी यादव आफ्ना भाई रहेका र उनले सो समाचार लेख्ने पत्रकारलाई थर्काएको हल्ला फैलाएका छन् । त्यस्तै,परियोजना परिसरमा थुपारेर राखेको काठ लिलामी गर्न नसक्दा कर्माचारीहरुलाई ९ महिना देखि तलब खुवाउन नसकेको बताई रहँदा काठ तस्करी हुँदा समेत परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मौन बस्नुले पनि उनीहरु र काठ तस्करहरु विच कुनै न कुनै रुपमा मिलेमतो रहेको सहजै शंका गर्न सकिन्छ । भने सो पोल बाहिर नजायोस भने र प्रमुख जिल्ला अधिकारी यादव र प्रहरी प्रमुख सुवेदीलाई बोलाएर भोज खुवाएको स्रोतको दाबी छ ।
अमुवा खोल्सीमा उत्खनन्
त्यसैगरी परियोजना प्रमुख यादवले ईश्वरपुर नगरपालिका ४ स्थित रहेको अमुवा खोल्सीबाट नदीजन्य पदार्थ अवैध तरिकाबाट उत्खनन् गर्न दिएका छन् । ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथ वन विकास परियोजना अन्तर्गत पर्ने अमुवा खोल्सीमा अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न परियोजना प्रमुख यादवले कमिसन लिएर सहजता प्रदान गरेका पाइएको हो ।अमुवा खोल्सीमा उत्खनन् गर्दै गर्दा बा १ क ७५९४ नम्बरको जेसिवी र ज १ त ५३८३ र ज २ त ६११ नम्बरको ट्याक्टर प्रहरीले अवैध उत्खनन्मा संग्लग्न रहेकै समयमा  नियन्त्रणमा लिएपछि सो कुरा बाहिरिएको हो । अमुवा खोल्सीमा अवैध तरिकाबाट जेसिवी नै लगाएर ६ वटा ट्याक्टरबाट नदी जन्य पदार्थ उत्खनन् गरि रहेको पाइएको र प्रहरी पुग्दा चार वटा ट्याक्टर भागेपनि दुई वटा ट्याक्टर र एउटा जेसिवी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
परियोजनाका प्रमुख यादवले आर्थिक चलखेल गरि नदीजन्य पदार्थ उत्खनन् गर्न दिएका र परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मिलेर परियोजना भित्रका विभिन्न स्थानमा रहेका पोखरीहरु पनि आर्थिक चलखेल गरि स्थानीयलाई गरि खान भनी दिएका समेत पाइएको छ । त्यस्तै परियोजनाका यस अघिका कार्यालय प्रमुखहरुले परियोजनाको क्षेत्र भित्र अतिक्रमण हुन नदिने भन्दै रोकेका कामहरु हालका कार्यालय प्रमुख यादव र सहायक वन अधिकृत चौधरीले आर्थिक चलखेलमा परि त्यस्ता क्षेत्रहरुमा घर टहरा बनाउन दिएका,पोखरी खन्न दिएका,वनजङ्गल चोरी तस्करी हुँदा समेत मौन बसेका स्थानीयको आरोप छ ।

यता,वन पैदावर विकास समितिले अमुवा खोल्सीमा भएको उत्खनन्को जवाफ माग गर्दा परियोजना प्रमुख यादवले सो कुरा झुटो रहेको जवाफ दिएका छन् । समितिले परियोजनामा रहेका १ सय ४६ जना कर्माचारीहरुको तलब किन ९ महिना सम्म खुवाइएन् भन्ने विषयमा पनि चासो राखेको समितिकी अध्यक्ष दिपा दाहाल(शिवाकोटी)ले बताइन् ।

सम्बन्धित समाचार