टोलेन्द्रको अध्यक्षतामा ११ सदस्यीय मुक्तेश्वर बाबाधाम मन्दीर व्यावस्थापन समिति चयन,

2.1k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको बरहथवा नगरपालिका ९ स्थित रहेको मुक्तेश्वर बाबाधाम मन्दीर व्यावस्थापन समितिको अध्यक्षमा टोलेन्द्र प्रसाद गुरागाई चयन भएका छन् । शुक्रबार भएको भेलामा गुरागाईको अध्यक्षतामा ११ सदस्यीय मुक्तेश्वर बाबाधाम मन्दीर व्यावस्थापन समिति चयन गरिएको बरहथवा नगरपालिका ९ का वडा अध्यक्ष तुलसी प्रसाद लुईटेलले जानकारी दिए ।
उनका अनुसार समितिको उपा अध्यक्षमा सुनिता कुँवर,सचिवमा एकराज खतिवडा र कोष अध्यक्षमा इन्द् कुमार महतो(इन्दल) सहित ११ सदस्यीत मुक्तेश्वर बाबाधाम मन्दीर व्यावस्थापन समिति गरिएको हो ।
बरहथना नगरपालिका ९ स्थित रहेको मुक्तेश्वर बाबाधाम मन्दीर व्यावस्थापन समितिको सदस्यहरुमा युवराज पाख्रिङ,सुमन थापा,विश्वनाथ महतो,सीता गुरुङ,राम प्रकाश राय यादव,उर्मीला शाही र मेनुका कुमारी दास चयन भएका मुक्तेश्वर बाबाधाम मन्दीर व्यावस्थापन समितिले जनाएको छ ।
समितिको सल्लाहकारमा राम बहादुर महतो,ब्रम्हदेव राय,केशर चौहान,बाबुराम श्रेष्ठ,मदन कुमार लामा,श्यामलाल महतो,राम सागर महतो,गौरी राय,भेष राज नेपाल,रामचन्द्र महतो र धनेश्वर महतो चयन भएका छन् ।
मन्दीरको इतिहाँस र पौराणिकताको संरक्षण र विकास र संरक्षणका साथै सम्वद्र्धनमा चयन भएको समितिले  काम गर्ने अपेक्षा गरिएको बरहथना नगरपालिका ९ का वडा अध्यक्ष लुईटेलले बताए ।

सम्बन्धित समाचार