दुर्गा कुमारी अधिकारी
सर्लाहीको मती नगरपालिका १२ मा सुविधा सम्पन्न आर्यघाट निर्माण हुने भएको छ । बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट निर्माण गर्ने भएको हो ।
बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको प्रमुख आतिथ्यता तथा उप प्रमुख लिला कुमारी मोक्तानका साथै वडा अध्यक्षहरु र जनप्रतिनिधिहरुको विशेष उपस्थितीमा बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा सुविधा सम्पन्न आर्यघाटको शिलान्यास हुने भएको हो ।
बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा सुविधा सम्पन्न आर्यघाटको शनिबार सिलान्यास गरिने बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोख्रेलले जानकारी दिए ।उनका अनुसार शनिबार बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा सुविधा सम्पन्न आर्यघाटको सिलान्यास गरिने भएको हो ।
नगरपालिकाले शुक्रबार जारी गरेको सुचनामा बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा सुविधा सम्पन्न आर्यघाट निर्माण कार्यको शनिबार शिलान्यास हुन भएकाले छिमेकी नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु,बागमती नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु र नगर सभाका सदस्यहरुका साथै ज्येष्ठ नागरिकहरु सहित विभिन्न संघ/संस्थाहरुका प्रमुखहरुलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको छ ।
सुचनामा सरोकारवालाहरुलाई शनिबार बिहान ९ बजे बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारको आर्यघाट निर्माण स्थलमा उपस्थितीको लागि नगरपालिकाले एक सुचना जारी गर्दै निमन्त्रणा गरेको हो ।
बागमती नदी किनारमा सुविधा सम्पन्न आर्यघाट नहुँदा स्थानीयले जताततै दाहसंस्कार गरि रहेका छन् । जसलाई मध्य नजर गर्दै बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट निर्माण गर्न लागेको बागमती नगरपालिकाका नगर प्रमुख थापाले बताए । उनका अनुसार बागमती नदी किनारमा अव्यवस्थित रुपमा भई रहेको दाहसंस्कारलाई व्यावस्थापन गर्न सुविधा सम्पन्न आर्यघाट निर्माण गर्न लागिएको हो ।