समस्याहरू खोज्दै निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्य कुशवाह

2.4k Shares

शंखर पहाडी(गौरब) 
चुनावमा निर्वाचित भएर संसद पुगेपछि धेरै सांसदहरु बेपत्ता हुन्छन् । सत्ता र शक्तिको वरीपरी घुमेर उनीहरु आफ्नो लाभको सेटिङमा यति व्यस्त हुन्छन् कि आफूलाई जिताएर पठाउने निर्वाचन क्षेत्रबाट आउन र आफुलाई मतदान गर्ने मतदाताहरुको गुनासाहरु सुन्ने समेत फुर्सद हुदैन् ।
तर सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा(क)बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र तर्फबाट निर्वाचित भएका बागमती नगरपालिका ८ घर भएका जवाहरलाल कुशवाह जनताका समस्याहरु खोज्दै निर्वाचन क्षेत्र घुमिरहेका भेटिन्छन् । उनी निरन्तर वडा कार्यालयहरुदेखि नगरपालिका,गाउँपालिकासम्म घुमिरहेका छन् ।‘स्थानीय तहबाट समाधान नहुने ठूला समस्याहरु छन् भने लेखेर दिनुहोस्,म सरोकारवाला निकायसम्मै पुगेर ध्यानाकर्षण गराउँछु भनेर भन्ने गरेको छु,’उनी भन्छन्,‘कतिले दिनुहुन्छ,कतिले वास्ता गर्नुहुन्न ।’सांसद कुशवाहले बताए ।
अघिल्ला सांसदहरुको भन्दा आफ्नो काम गर्ने तरिका केही फरक रहेको उनी बताउँछन् । ‘सरकारले बजेट नदिएको होइन रहेछ,हामीले लागि परेर नमागेको पो रहेछ,’उनी भन्छन्, ‘कुनै समस्या आयो भने फोन गरेकै भरमा काम हुन्छ भनेर जनतालाई आश्वासन दिन्छन्, ।प्रदेश सभा सदस्य कुशवाह,
उनका अनुसार विकास निर्माण वा अन्य कुनैपनि समस्या समाधानका विषयमा मन्त्रालय वा विभाग एक पटक गएर वा फोन गरेर मात्र हुँदैन,निरन्तर पछ्याइ रहनुपर्छ ।‘हाम्रो सिस्टम नै यस्तो छ कि निरन्तर नलागेसम्म काम बन्दैन,तर मान्यज्यूहरु भनिदिएको छु भनेर टार्नुहुँदो रहेछ,’उनी भन्छन्‘अरु त अरु पाएका योजनाहरु समेत कतिपय काम अघि बढ्न सकेको छैन भने कतिपय योजना बिचमै अड्किइरहेको छ र त्यसको लागि लबिङ पुगिरहेको पाइँदैन ।’
आफुसंग जनताका अपेक्षाहरु धेरै रहेकोले पनि आफूहरु जिम्मेवार बनेर लागिपरेको उनी बताउँछन् ।उनी आफ्नो ठाउँको विकास गर्ने सवालमा कोही पनि सानो वा ठूलो नहुने बताउँछन् ।‘म त सांसद पो हो,गाउँपालिका,नगरपालिकाका प्रमुखहरुले वा वडाध्यक्षहरु मकहाँ धाइरहनुपर्छ भन्ने भावना गलत हो,’उनी भन्छन्,‘आफ्नो ठाउँ बनाउने कुरा हो,जो जसकोमा गएपनि केही फरक पर्दैन ।’
उनका अनुसार पालिकाले बाटोघाटो निर्माणलाई प्राथमिकता दिइरहेका छन् ।यस्तै शिक्षा र स्वास्थ्य,रोजगारी लगायतका स्तरोन्नतीका लागि बजेट माग गर्ने गरेको उनको भनाई छ । सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क)का सवालमा जनताहरुका समस्या र दैनिकीसंग जोडिएका सवालहरुमा कसरी कहाँ र कति काम गर्न सकिन्छ भन्ने विषयमा आफु निरन्तर लागि परेको प्रदेश सभा सदस्य कुशवाहको भनाई छ ।
‘आफ्नो क्षेत्रमा रहेका स्थानीय तहका प्रमुखहरुसंग यहाँका समस्याहरुको विषयमा निरन्तर छलफल भइरहेको उनले बताए । आफ्नो क्षेत्रको समस्या समाधानको लागि जनप्रतिनिधि तथा सांसदहरु मिलेर लागि पर्ने विषयमा छलफल भएको प्रदेश सभा सदस्य कुशवाहले बताए ।

सम्बन्धित समाचार