शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवन नगरपालिका ४ मा रहेको गणेश मन्दीरमा लगाईएको पुराणमा करिब नौ लाख रकम संकलन भएको छ । हरिवन नगरपालिका ४ स्थित रहेको गणेश मन्दीरमा चैत ८ गतेदेखि १६ गते सम्म लगाईएको नौ दिनको पुराणमा रु आठ लाख ९० हजार ३ सय ४२ संकलन भएको गणेश मन्दिर संरक्षण समितिका कार्यबाहक अध्यक्ष राम बहादुर दाहालले जानकारी दिए ।
.jpg)
कार्यबाहक अध्यक्ष दाहालका अनुसार नौदिन सम्मको पुराणमा रु तीन लाख ३१ हजार आठ सय ५६ खर्च भएको छ । धेरै दाताहरुबाट संकलन भएको रकम र खर्चको कारोबार संकलन भई नसकेको भएपनि वैदेशिक रोजगारीमा रहेका राजेश कुमार रायले रु तीन लाख व्यक्तिगत सहयो गरेका समितिले जनाएको छ ।
.jpg)
कार्यक्रमका प्रमुख अतिथि मन्त्री महतोले धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र विकासमा प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्ने बताए । उनले देशको अहिलेको अवस्था नै धार्मिक विश्वासका आधारमा चलेको बताउँदै धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास र व्यावस्थापनमा प्रदेश सरकारबाट सहेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य कुशवाहले आफुले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने बताए । उनले आफुले मधेश प्रदेश सरकारको पर्यटन मन्त्रालयसंग छलफल गरि सकेको सहयोग गर्ने बताए ।
नौ दिन सम्म चलेको पुराणको समापन समारोहमा मधेश प्रदेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्यता रहेको थियो । भने सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा(क) का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह,हरिवन नगरपालिका ४ का कार्यबाहक वडा अध्यक्ष रामाधिन महतो र समाजसेवी भरत कुमार कार्की लगायतको विशिष्ट आतिथ्यता रहेको समितिले जनाएको छ ।