गणेश खड्का
सर्लाहीको बागमती युवा क्लबका सचिव कुमार प्रधान बागमती नगरपालिकाको खेलकुद सहसंयोजकमा चयन भएका छन् । बागमती नगरपालिकामा रहेको बागमती युवा क्लबका सचिव प्रधान नगरपालिकाको खेलकुद विकास समितिको सह संयोजकमा सोमबार चयन भएका हुन ।
नगर खेलकुद विकास समितिको संयोजकमा क्लबका महा सचिव सागर मैनाली यस अघि नै नियुक्त भएका थिए भने सोमबार सचिव प्रधान सह संयोजकमा नियुक्त भएका नगरपालिकाले खेलकुद शाखाले जनाएको छ ।
बागमती युवा क्लबलाई मोफसलको फुटबल क्लबबाट व्यावसायीक खेलकुदको क्षेत्रमा सक्रिय गराउँदै ए डिभिजन लिगका क्लबहरुसंग प्रतिस्पर्धामा पुर्याउन सफल क्लबका महा सचिव मैनाली संयोजक र सचिव प्रधान सह संयोजकमा चयन हुँदा बागमती युवा क्लब थप उचाई तर्फ लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । उनका अनुसार मोफसलको क्लबलाई ए डिभिजन लिगका क्लबहरुसंग प्रतिस्पर्धामा पुर्याउन महा सचिव मैनाली र सचिव प्रधानको विशेष भुमिका रहेका कारण नगर खेलकुद विकास समितिमा क्लबका महा सचिव मैनाली र सचिव प्रधानलाई नगरपालिकाले उच्च मुल्यांकन गरि संयोजक र सह संयोजकमा नियुक्त गरेको हो ।
भने बागमती युवा क्लबले हरेक वर्ष मधेश प्रदेश कै सर्वाधिक धनराशीको राजर्षी जनक कप फुटबल प्रतियोगीता सञ्चालन गर्दै आएको छ ।नव नियुक्त सह संयोजक प्रधानलाई बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले खादा ओढाएर स्वागत गरेकी छन् ।