शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दी नगरपालिका ८ मा रहेको सुनाखरी महिला बहुउद्देश्यीय सहकारी संस्था लिको शनिबार १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । लालबन्दी नगरपालिका ८ मा रहेको सुनाखरी महिला बहुउद्देश्यीय सहकारी संस्था लिको शनिबार १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष पम्फा लामाको अध्यक्षता तथा लालबन्दी नगरपालिका ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिनको प्रमुख आतिथ्यतामा संस्थाकै कार्यालय परिसरमा १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा लालबन्दी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख डाककुमारी फूँयाल,टोल सुधार समिति लालबन्दीकी अध्यक्ष लक्ष्मी गोले(प्रधान)को विशेष उपस्थिती रहेको संस्थाले जनाएको छ ।
संस्थाले गत आर्थिक वर्ष २०७८÷०७९ मा रु ५ लाख ८० हजार ५ सय ४० मुनाफा आर्जन गरेको सचिव मेनुका श्रेष्ठले बताईन् ।उनका अनुसार संस्थामा अहिले ४ सय ९६ जना महिला दिदीबहिनी शेयर सदस्य रहेका छन् ।
साधारण सभामा संस्थाले ज्येष्ठ शेयर सदस्य नेत्रदेवी श्रेष्ठ,हरिमाया श्रेष्ठ र पूर्णकुमारी भुजेललाई आफ्नो १८ औँ वार्षिक साधारण सभाको अवसरमा शनिबार सम्मान गरेको छ । त्यस्तै, सबैभन्दा धेरै शेयर रकम राखेका वसन्ती श्रेष्ठ,डिल्लीमाया भण्डारी,डोलकुमारी फूँयाल,सरिता श्रेष्ठ र तारा श्रेष्ठ तथा एक आर्थिक वर्षमा सबैभन्दा धेरै बचत गर्ने दुर्गामाया श्रेष्ठ,तारामाया मोक्तान,रेविका सेन्चौरी,भरतकुमारी आले र सन्तमाया तामाङलाई समेत सम्मान गरेका संस्थाकी अध्यक्ष लामाले जानकारी दिइन् ।
यस्तै,गोलाप्रथा गरी ५ जना नियमित बचतकर्ता र ५ जना नियमित ऋण बुझाउने ऋणीलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ । महिलाहरु मात्रै मिलेर संचालन गरिएको संस्था केही समय पहिला बन्द नै हुने अवस्थामा पुगेको थियो ।अहिले फेरी संस्थाले गति लिएको छ ।