हामी तराई मधेसमा बसोबास गर्दछौं । चुरेको दोहन र भएका जङ्गल विनासको कारण पानीको भुमिगत र सतहको स्रोत सुक्दै र घट्दै गैरहेको छ, शुद्ध पिउने पानीको ब्यबस्थापन र वितरणको क्षेत्रमा कार्य गर्दै आएको पनि करिव ७ वर्ष कट्न आट्यो , पानी प्रतिको धारणा र महत्त्वको बारेमा थोर ( बहुत जानकार समेत छु। आज पानी दिवस मनाउदै गर्दा स् पानीको स्रोत र शुद्धताको पक्षमा लाग्न समग्र मानव समाज सग आग्रह गर्दै हार्दिक शुभकामना ब्यत्त गर्दछु ।
विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।मानव सभ्यता पानीकै छेउमा विकसित भएको हो भने पानीबिना कुनै पनि जीवनको अस्तित्व सम्भव हुँदैन। पिउने पानी स्वच्छ र सुरक्षित भयो भने अधिकांश रोग नै लाग्दैन।नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिन्छ। तर यहाँको संघीय राजधानीमै सफा खानेपानीको अभाव छ।
पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसका लागि मात्र नभई सबै जीव र वनस्पतिको जीवनको आधार हो । चेतनशील प्राणीका रुपमा मानवको जीवनका क्रियाकलाप पनि पानीमा निर्भर रहन्छन् । हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ । पृथ्वीको दुई तिहाइ भू–भाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोत कम छन् । असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतसमेत प्रदूषित भएका छन् । स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो । विश्व खानेपानी दिवस मनाइ रहदा यस जिल्लामा वा पंतिकार स्वयम् बसेको नगरमा खानेपानी संरक्षण र सचेतनाको सामान्य भन्दा सामान्य काम हुन नसक्नु वा यो दिनलाई सम्झदै नसम्झनु विडम्बनाको विषय हो पत्तिकार यस दिन मात्रै होइन ३६५ दिन नै पानी दिवशको रुपमा स्वीकार गर्दछ भने पानी दिवशले मात्रै पानी संरक्षण हुन्छ भन्ने मा मात्रै सिमित रहदैन तथापि यस दिवशलाइ महत्वपूर्ण दिवशको रुपमा मनाउन पर्दछ भन्ने प्रस्ताव स्वयम कार्यरत संस्था खानेपपानी उपभोक्ता तथा सरसफाई संस्था प्रस्ताव राख्दै आएको छु भने आज पनि मनाउन पर्दछ भन्नेमा जोड दिएको थिए कतिपय सवाल नेतृत्व संग रहेका होलान जे भएपनि आज पानी दिवश पानी हाम्रो जिन्दगानी हो ।
विश्वभर ८० प्रतिशत पानी खेर गइरहेको विभिन्न अध्ययनले देखाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ६६ करोड ३० लाख मानिस स्वच्छ पानीको पहुँच बाहिर छन् । बर्षेनी ८ लाख ४२ हजार मानिसको प्रदूषित पानीका कारण उत्पन्न हुने रोग लागेर मृत्यु हुने गरेको छ । विश्वव्यापी दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा विश्वभर सबैको लागि स्वच्छ पानीको पहुँच पुर्याउने तथा पानीको बहुउपयोग गर्ने तथा पानीको स्रोत संरक्षणका लागि विश्वभर विभिन्न कार्यक्रम गर्ने अवधारणा तय गरेको छ ।
नेपालमा सरकारले सन् २०१७ सम्म सबै जनतालाई आधारभूत स्तरको खानेपानी र सरसफाई सुविधा पुर्याउने राष्ट्रिय लक्ष्य लिएको थियो । तर अझ सम्म पनि पानीको दुख भोगेर हिडिरहेका छन् कतिपय मानिसहरु हरेक चुनावमा खानेपानीको मुद्दा प्रमुख बन्ने गरेको छ राज्यले पानीको समेत राम्रो प्रवन्ध गर्न नसक्नु अतिनै दुखको कुराहो त्यसैपनि हाम्रो नेपाल जलस्रोतको भण्डार हो यो भण्डारको संरक्षण र सम्मुचित प्रयोग हाम्रो अधिकार र कर्तब्य दुवै हो आज पानी दिवशको अवसरमा पानी वितरण खानेपानीको अभाव आदिकै चर्चा छ यो चर्चाको विचमा पानीको स्रोत संरक्षणको बहस अनिवार्य छ ।
वायुमण्डलमा कार्बनको मात्रा ३ सय ५७ पीपीएम रहेको त्यसबेला नेपालमा जलवायु परिवर्तनको प्रसंगले त्यति महत्त्व पाइसकेको थिएन । सन् २००५ पछि मात्रै नेपालमा यो विषय अलि व्यापक छलफलमा आउन थालेको हो ।हिजोआज
कार्बनको मात्रा ४ सय ११ पीपीएम पुगेको छ, जसका कारण विश्व वायुमण्डलको औसत तापक्रम झन्डै १५ डिग्री सेल्सियस पुगेको छ । औद्योगिक कालखण्डमा औसत तापक्रम १४ डिग्री सेल्सियस थियो ।
एउटा अध्ययन भन्छ, सन् २१०० सम्म विश्वको औसत तापक्रम १।५ डिग्रीले वृद्धि भए हिमालय क्षेत्रको औसत तापक्रम करिब १ दशमलव ८ डिग्री हुनेछ । परिवर्तनबारे हामीले अझ धेरै चासो लिनु जरुरी भइसक्यो । लेखक अमिताभ घोष आफ्नो जलवायुसम्बन्धी पुस्तक द ग्रेट डिरेन्जमेन्टमा प्रस्तुत गरेको तर्क थियो स् जलवायु परिवर्तन सामाजिक, राजनीतिक र आर्थिक विषय पनि हो, प्राविधिक मात्रै होइन । पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ। पानी नभएको स्थानमा जीवन सम्भव छैन। यसैले पानी नै जीवन हो भन्ने गरिन्छ। जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ। पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ। पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ। तर सबै पानी पिउन योग्य छैन। समुद्र र महासागरको पानी नुनिलो छ। जसले पृथ्वीको ९७।५ प्रतिशत भाग ओगटेको छ। २।५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ। यसमध्येको ठूलो अंश अर्थात् १।७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ। ०।७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ। जमिनको सतहमा रहेको ०।०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ। नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ। पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ। संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ। यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ । कमसेकम हाम्रो जस्तो चुरेको फेदीमा रहेको नगर र जिल्लाले यसको विषयमा चुरे संरक्षण सहित पानीको मुहान जोगाउने प्रयासका बारेमा बोल्नु र त्यसको रक्षाका लागि कार्य गर्नु आवश्यक छ
‘पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ’ ‘भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो । जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।’
‘हाम्रो देश नेपाल प्राकृतिक स्रोतहरुले भरिपुर्ण देश हो । हाम्रो देश नेपालमा विभिन्न प्रकारका प्राकृतिक सम्पदाहरु अत्याधिकमात्रामा उपलब्ध भएको पाउछौ । हुन त सम्पुर्ण प्राकृतिक स्रोतहरु अति नै महत्वपुर्ण हुन्छन् । तर पनि पानी एकदमै महत्पुर्ण पदार्थ हो । मानव जीवनका लागि मात्र नभईकन अन्य जीव तथा बोटविरुवाका लागि पानी अत्यन्त महत्वपुर्ण हुन्छन् । पानी भनेको यस्तो तरल पदार्थ हो जसबाट विभिन्न जीव तथा चराचुरुँगीहरुको जीवनको आधार हो । पानी मानव जीवनको लागी अपरिहार्य तत्व हो । मानिस बिहान उठेदेखि नसुतिन्जेल सम्म पानीको प्रयोग गर्दछ ।
पानी बिनाको जीवन कल्पना पनि गर्न नसकिने भएकाले पानीको ठुलो महत्व छ ।प्राविधिक ज्ञानको कमी, जनशक्तिको अभाव, पुजीँको अभावआदिको कारणले गर्दा जलसम्पदाको उचित परिचालन गर्न सकेको छैन ।देशका कतिपय मानिसहरु शुद्ध खानेपानी खान नपाएर अकालमै मर्न बाध्य भएका छन् । शुद्ध खानेपानीको अभावमा विभिन्न किसिमका रोगहरुले धेरै मानिसहरुलाई ग्रसित पारेका छन् । देशमा शुद्ध खानेपानीको अभावको कारण हैजा जेन्डिस जस्ता रोगहरु फैलन्छन् ।नेपालको ग्रामिण क्षेत्रमा भन्दापनि सहरी क्षेत्रमा पानीको हाहाकार मच्चिएको पाईन्छ । विशेष गरेर काठमडौँ, पोखरा, विराटनगर जस्ता सहरी क्षेत्रमा पानीको बढि अभाव हुन्छ । जलस्रोतमा दोस्रो ठुलो राष्ट्र भएता पनि लोडसेडिङ्घले आजसम्म पनि पिछा छोडेको छैन ।एकातिर शुद्ध खानेपानीको अभाव र अर्कोतिर अन्धकार जीवन बिताउन मानिसहरु बाध्यभएका छन् । जवसम्म सरोकार वालाहरु त्यस्तै युवावर्गहरु अघि बढ्दैनन् तबसम्म देशमा अन्धकार र खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै जान्छ । त्यसकारण यस्ता समस्या समाधानगर्न तर्फ अग्रसर हुनु हामी सबैको अहम उत्तरदायित्व हो ।
यी प्रसङ्ग र सरोकार माथि तर्कहरु र तथ्यांक खोज्ने क्रममा पंतिकारले आफु कार्यरत रहेको संस्थाको दायित्व केवल पानी वितरण गर्नु मात्र होइन रैछ ूजीवनू चलाउनु वा सम्पूर्ण प्राणि जगत बचाउनु समेत रहेछ भन्ने बुझिरहदा खानेपानी संस्थाको विकास र यसको उत्साहपुर्ण कार्यसम्पादनको वातावरण खोजि गर्नु पर्ने र ब्यबस्थापन गर्नुपर्ने विषय हो । खानेपानी संचालन ब्यबस्थापन प्रति समाज र सामाजका केहि बुझ्रुकको धारणा , समाजका बुझ्रुकको अविवेकी सल्लाहको प्रभाव र खानेपानी संचालन ब्यबस्थापन जान्दै नजानेकाको हातमा यसको जिम्मेवारी पुग्यो भने वर्तमान रमाइलो ,भविष्य अध्यारो भन्ने हुन नि सक्छ । त्यसैले सबैको एकै स्वर हुनुपर्छ पानीको मुहान देखि मानव सम्मको संरक्षण गर्न र यसको संचालन गर्न समेत बुद्दिमता र विवेकको आवाश्यकता पर्दछ । पुन स् विश्व पानी दिवशको अवसरमा सबैमा शुभकामना ।
धन्यवाद ।
जय खानेपानी ।।
(लेखक ठाकुर प्रसाद बख्रेल(मनोज)खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.लालबन्दीका सुचना अधिकारी तथा लेखा हुन ।)