785
Shares
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित ज्ञानोदय टोलबाट प्रहरीले ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार ज्ञानोदय टोलस्थित हनुमान् मन्दिरनजिक बुलबुल यादवको घरमा आज बिहान खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।
प्रहरीले उनीहरूका साथबाट एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।