दसैँको दक्षिणाका लागि नोट सटही गर्दै नबिल बैंक, तीन दिन सेवा उपलब्ध हुने

1k Shares

काठमाडौँ । बडादसैँ २०८३ को अवसरमा नबिल बैंकले सर्वसाधारणका लागि साना दरका नयाँ तथा सुकिला नोट सटही र वितरण गर्ने भएको छ। बैंकले आगामी असोज २७ देखि २९ गतेसम्म तीन दिन नोट सटही सेवा उपलब्ध गराउने जनाएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नोट वितरण गर्ने व्यवस्थाबमोजिम नबिल बैंकले आफ्ना पाँच शाखाबाट सेवा सञ्चालन गर्न लागेको हो।

बैंकका अनुसार काठमाडौँका कान्तिपथ, बल्खु र वनस्थली शाखाबाट तथा ललितपुरको च्यासल र भक्तपुरको दुवाकोट शाखाबाट नयाँ तथा सुकिला नोट सटही गर्न सकिनेछ।

नोट सटही सेवा असोज २७, २८ र २९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उपलब्ध हुने बैंकले जनाएको छ। उक्त अवधिमा तोकिएका शाखामा पुगेर सर्वसाधारणले नोट सटही गर्न सक्नेछन्।

दक्षिणा र चाडपर्वका लागि साना नोट

बडादसैँमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्दा दक्षिणा दिने चलन छ। यसका साथै विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परामा साना दरका नोटको माग बढ्ने भएकाले सर्वसाधारणको सुविधाका लागि नोट सटहीको व्यवस्था गरिएको बैंकले जनाएको छ।

दसैँका बेला नयाँ तथा सुकिला नोटको माग बढ्ने हुँदा बैंकमार्फत वितरण गरिने यस्तो सेवाले सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

नोट सटही गर्न सकिने शाखाहरू:

  • काठमाडौँ : कान्तिपथ, बल्खु र वनस्थली

  • ललितपुर : च्यासल

  • भक्तपुर : दुवाकोट

सेवा अवधि: असोज २७ देखि २९ गतेसम्म

समय: बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म

सम्बन्धित समाचार