1.3k
Shares
काठमाडौं । बडादसैँको दोस्रो दिन काठमाडौंस्थित मैतीदेवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। दसैँको अवसरमा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गर्न मन्दिर पुगेका श्रद्धालुहरूको चहलपहल बढेको हो।
काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये मैतीदेवी मन्दिर पनि एक हो। दसैँका बेला यहाँ दर्शन तथा पूजापाठका लागि विभिन्न स्थानबाट भक्तजन आउने गर्छन्। नवरात्रको सुरुवातसँगै राजधानीका विभिन्न देवी मन्दिरहरूमा भक्तजनको चहलपहल बढ्न थालेको छ।