काठमाडौँ। जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनुभएको छ।
जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा बिहीबार भएको महिला ७० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा पुनम भारतीय खेलाडी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनका आधारमा पराजित हुनुभएको हो।
पुनमको पराजयसँगै जुडोमा नेपालले सहभागिता जनाएको सात विधामध्ये पाँच विधामा खेलाडीहरू प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि बुधबार भएको प्रतिस्पर्धामा नेपालका चार खेलाडी पहिलो चरणमै पराजित भएका थिए।
महिला ५२ केजी तौल समूहमा देवकीमाया श्रेष्ठ भियतनामकी खेलाडी थि नगान हासँग पराजित हुनुभएको थियो। त्यस्तै, महिला ४८ केजीमा निशा श्रेष्ठ हङकङकी वङ का लीसँग पराजित हुनुभएको थियो।
पुरुषतर्फ ६६ केजी तौल समूहमा विशेष विक हङकङका वङ का कीसँग पराजित हुनुभएको थियो। पुरुष ६० केजी तौल समूहमा विकास विक उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित हुनुभएको थियो।
नेपालले जुडोमा विभिन्न तौल समूहसँगै मिक्स टिमतर्फ पनि प्रतिस्पर्धा गरिरहेको छ। बिहीबार नै नेपालका सुजन गुरुङले पुरुष ९० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।
नेपालले जुडोमा बाँकी प्रतिस्पर्धाबाट पदकको सम्भावना कायमै राखेको छ। जापानमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीहरूले विभिन्न खेल तथा विधामा प्रतिस्पर्धा गरिरहेका छन्।