क्याप्टेन स्मितलाई मोदीको सम्मान– ‘भारतलाई उहाँप्रति गर्व छ’

2k Shares

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईको उडानमा रहेका भारतीय नागरिक क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्दै उनलाई ‘हिरो’ बताएका छन्।

मोदीले बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत क्याप्टेन स्मितले गम्भीर जोखिमका बीच देखाएको साहसका कारण ठूलो घटना हुनबाट रोक्न सहयोग पुगेको बताएका हुन्।

मोदीले लेखेका छन्, ‘क्याप्टेन स्मित मच्छर हिरो हुन् । सबैभन्दा ठूलो जोखिमका बीच र गम्भीर रूपमा घाइते हुँदासमेत उनले अरूको ज्यान बचाउन ठूलो साहस र दृढ इच्छाशक्ति देखाए।’

उनका अनुसार क्याप्टेन स्मितको साहसका कारण सयौँ मानिसको ज्यान बचाउन र ठूलो घटना हुनबाट रोक्न सहयोग पुगेको छ। ‘भारतलाई क्याप्टेन मच्छरप्रति गर्व छ । उनको शीघ्र स्वास्थ्यलाभ, नयाँ ऊर्जा र राम्रो स्वास्थ्यका लागि प्रार्थना गर्छु,’ मोदीले भनेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि क्याप्टेन स्मित मच्छरलाई ‘हिरो’ भन्दै उनको साहसको प्रशंसा गरेका थिए।

यता, साउदी अरबस्थित भारतीय दूतावासले क्याप्टेन स्मित अस्पतालमा भर्ना भएर उपचार गराइरहेको जनाएको छ। दूतावासका अनुसार उनको अवस्था स्थिर रहेको छ।

घटनामा गम्भीर जोखिमका बीच पनि उनले देखाएको संयम र साहसको विभिन्न तहबाट प्रशंसा भइरहेको छ।

सम्बन्धित समाचार