रौतहट । पर्साको वीरगञ्जबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका खाद्यान्न तथा विभिन्न प्रकारका औषधि बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले असोज ५ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँ र छपकैया क्षेत्रका सडकबाट भारतबाट भन्सार छली चोरी–पैठारी गरी ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद खाद्यान्न तथा औषधिको कुल मूल्य २० लाख ८१ हजार २ सय २० रुपैयाँ रहेको छ।
बरामद सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधवार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।