काठमाडौं । एसीसी प्रिमियर कप–२०२६ को समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४६ रन मात्रै जोड्न सक्यो ।
पराजित भए पनि नेपाल समूह चरणमा पहिलो स्थानमै रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल यसअघि नै अन्तिम चारमा पुगिसकेको थियो ।
नेपाललाई हराएपछि हङकङ पनि सेमिफाइनलमा पुगेको छ । हङकङको जितसँगै आयोजक मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘बी’ बाट युएई र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् ।