रुसबाट नेपाल पैसा पठाउन सहज नहुँदा पनि एनआरएनए रुसद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख जम्मा

3.6k Shares

काठमाडौं । रुसमा रहेका नेपालीहरूले प्रधानमन्त्री राहत कोषका लागि संकलन गरेको रु. २० लाख सहयोग रकम नेपाल ल्याएर हस्तान्तरण गरेका छन्। 

रुसबाट नेपालमा रकम पठाउने आधिकारिक तथा सहज माध्यमको अभावका कारण सहयोग रकम संकलन गरी नेपाल ल्याएर हस्तान्तरण गरिएको एनआरएनए रुसले जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) रुसका महासचिवसहितको टोलीले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। रकम जम्मा गरिएको विषयमा नेपालका अर्थमन्त्रीलाई समेत जानकारी गराइएको एनआरएनए रुसले जनाएको छ।

रुसबाट नेपालमा वैधानिक रूपमा रकम पठाउने सहज माध्यमको अभावले सहयोग रकम नेपाल ल्याएर हस्तान्तरण गर्नुपर्ने अवस्था आएको एनआरएनए रुसको भनाइ छ।

सहयोग रकम संकलन हुने क्रम अझै जारी रहेको जनाउँदै एनआरएनए रुसले संकलित थप रकम पुनर्निर्माणका साथै एनआरएनए केन्द्रीय समितिमार्फत विभिन्न परोपकारी कार्यमा खर्च गर्ने जनाएको छ।

सम्बन्धित समाचार