नुवाकोटमा पहिरो गएपछि रोकिए राहत बोकेका गाडी

1.4k Shares

नुवाकोट । नुवाकोटमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावितका लागि राहत सामग्री बोकेर हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। पहिरोका कारण काठमाडौँ–नुवाकोट सडकखण्डमा यातायात प्रभावित भएको हो।

सडकमा ठूलो मात्रामा पहिरो र माटो थुप्रिएपछि राहत सामग्री बोकेका गाडीहरू समेत अघि बढ्न सकेका छैनन्। यसबाट नुवाकोटसँगै रसुवालगायत विपद् प्रभावित क्षेत्रमा पठाइँदै गरेको राहत पुर्‍याउन थप कठिनाइ भएको छ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा अत्यावश्यक राहत तथा उद्धार सामग्री पुर्‍याउन समस्या भएकाले सडक छिटो खुलाउनुपर्ने आवश्यकता देखिएको छ।

 
 
 
सम्बन्धित समाचार