खानेपानी विस्तारमा गुणस्तरहिन काम भएको भन्दै स्थानियद्धारा निमार्ण कार्य अवरुद्ध

1.2k Shares

सर्लाहीको हरिपुर नगरपालिका ९ मा निर्माण भएको खानेपानीको पाइप गुणस्तरहिन भएको भन्दै स्थानियले विरोध गरेका छन् । हरिपुर नगरपालिका ९ पिडारीमा रहेका ८ सय ६६ घरधुरीलाई शुद्ध खानेपानी पुर्याउने उदेश्यका साथ सुरु भएको खानेपानी विस्तार कार्यमा पाइप विछ्याउने काममा गुणस्तरहिन भएको भन्दै स्थानियबासीले विरोध स्वरुप सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र समेत बुझाएका छन् । 


पाइप खरिद गर्दा हरिपुर नगरपालिकाले ठेक्काको समयमा भएको स्टीमेट अनुसार खरिद नभएको, खानेपानी विस्तारको कार्य गुणस्तरहिन भएको, निर्माण भै सकेको पक्की सडक तोडफोड गरि पाइप विछ्याउन खनिएको भन्दै स्थानिय युवाहरुले आक्रोश व्यक्त गरेका हुन । स्थानिय भद्रभलादमी सहित गरि ५० जनाको हस्ताक्षमा गुणस्तरिय काम गर्न ध्यानाकर्षण गराउन भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ज्ञापन पत्र बुझाएका स्थानिय युवा सुवोध रायले बताउनु भयो । हरिपुर नगरपालिकाले रु १७ लाखमा किनेर पिडारि खानेपानी तथा सरसफाइ उपभोक्ता समितीलाइ दिएको पाइप गुणस्तरहिन रहेको वडा अध्यक्ष,नगर प्रमुख र पिडारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष लगायतले आर्थिक अनियमितता गरि गुणस्तरहिन काम गरेको भन्दै युुवाहरुले आक्रोस व्यक्त गरेका छन् ।
करिब २ कलो मिटर खानेपानीको पाइप विछ्याउन हरिपुर  नगरपालिकाले रु १७ लाखको पाइप खरिद गरेको र जडान तथा पाइप पुर्न रु ४ लाख पिडारि खानेपानी तथा सरसफाइ उपभोक्ता समितीलाइ दिने बताएको र सोही अनुसार पिडारि खानेपानी तथा सरसफाइ उपभोक्ता समितीबाट काम भएको भएपनि पाइप गुणस्तरहिन भएका कारण आफुहरुले विरोध गरेको स्थानिय युवा रामविश्वास साहले बताउनु भयो ।
समितीले पिडारीका ८ सय ६६ घरधुरीबाट रु ६ हजार १ सयका दरले ११ प्रकारका ब्यक्तिगत घरमा धारा जडान गर्दा लाग्ने सामग्री खरिदका लागी रकम असुल गरि समितीले आफ्नो खातामा रकम राखेको छ । भने  नगरपालिकाले आफुहरुसंग समन्वय नै नगरि सडकको काम गरेका कारण नगरले गरेको कामको जवाफ आफुले नदिने हरिपुर नगरपालिका ९ का वडा अध्यक्ष हरिनाथ प्रसाद साहले बताउनु भयो । यता आयोजनाका अध्यक्ष शिवनाथ साहले आफुहरुले गुणस्तरिय काम गरेको भन्दै आफ्नो कामको गुणस्तीयतामा प्रश्न उठाउने काम नगर्न आग्रह गर्नु भयो ।उहाँले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवाका इन्जीनियरले  अनुगमन गर्दा गुणस्तरिय काम भएको बताउनु भएको भन्दै काम निरन्तर गरिरहेको बताउनु भयो ।

काम तथा योजनाका विषयमा थप बुझ्न खोज्दा वडा अध्यक्ष साह केही नबताई निर्माण कार्य भइरहेको क्षेत्रबाट बाहिरिनु भएको थियो । उहाँसंग सो विषयमा बुझ्न पटक पटक फोन गर्दा समेत सम्पर्क हुन सकेन । आयोजनाका अध्यक्ष शिवनाथ वडा अध्यक्ष हरिनाथका भाई समेत रहेका कारण वडा अध्यक्षले थप केही नबाएका बुझिएको छ ।

सम्बन्धित समाचार