चीनबाट नेपाललाई २० लाख डलर नगदसहित राहत र विज्ञ टोली सहयोग

1.7k Shares

काठमाडौं । चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोगसहित राहत सामग्री र सुरुङसम्बन्धी विज्ञ टोली पठाउने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान नेपाल पठाउँदै छ । त्यससँगै सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली पनि नेपाल आउनेछन् ।

चीनले नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोगसमेत उपलब्ध गराउने भएको मन्त्री खनालले जानकारी दिए ।

उनका अनुसार नेपालमा परेको विपद्का बेला अन्य मुलुक तथा दलहरूले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले यसअघि नै राहत सामग्री नेपाल पठाइसकेको छ भने आवश्यक थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकारले प्राप्त हुने अन्तर्राष्ट्रिय सहयोगलाई प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि परिचालन गर्ने जनाएको छ ।

सम्बन्धित समाचार