काठमाडौं । भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण नेपाल–चीन सीमा क्षेत्र अवरुद्ध भएपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन बेइजिङस्थित नेपाली राजदूतावासले पहल थालेको छ।
सीमा क्षेत्रमा उत्पन्न अवरोधका कारण चीनमा रोकिएका नेपाली नागरिकलाई आवश्यक समन्वय तथा सहजीकरणका लागि दूतावासले नेपाली महावाणिज्यदूतावास, ल्हासा वा नेपाली राजदूतावास, बेइजिङमा सम्पर्क गर्न आग्रह गरेको छ।
दूतावासका अनुसार ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका युवराज क्षेत्रीसँग +८६ १३५४९०६७४८१ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, [email protected] मा इमेलमार्फत पनि जानकारी तथा सहयोगका लागि सम्पर्क गर्न सकिने जनाइएको छ।
त्यसैगरी, बेइजिङस्थित नेपाली राजदूतावासका सन्जु महर्जनसँग +८६ १८६१८१२९२१७ र राजकुमार साहसँग +८६ १८६१०३९४६८७ मा सम्पर्क गर्न सकिनेछ।
दूतावासको [email protected] इमेल ठेगानामार्फत पनि आवश्यक जानकारी तथा समन्वयका लागि सम्पर्क गर्न सकिनेछ।
भोटेकोसी नदीमा आएको बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रमा आवागमन प्रभावित भएको छ। सीमा क्षेत्रमा उत्पन्न अवरोधका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई स्वदेश फर्काउन आवश्यक समन्वय तथा सहजीकरण भइरहेको दूतावासले जनाएको छ।
दूतावासले चीनमा रहेका तथा सीमा अवरोधका कारण अलपत्र परेका नेपाली नागरिकलाई आवश्यक सहयोगका लागि सम्बन्धित नेपाली नियोगमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ।