1.6k
Shares
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले रसुवासहित नेपालका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले बाढी र पहिरोका कारण नेपालमा भएको ठूलो क्षतिबाट आफू अत्यन्त दुःखी भएको बताएका हुन्। प्रधानमन्त्री सरिफले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेका छन्।
उनले कठिन परिस्थितिमा पाकिस्तान सरकार र पाकिस्तानी जनता नेपाल सरकार तथा नेपाली जनताको साथमा रहेको बताएका छन्। साथै उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा रहेका सबैको सुरक्षा र कल्याणका लागि प्रार्थना गरिरहेको उल्लेख गरेका छन्।