डलरको भाउ १५३ रुपैयाँ नाघ्यो, यस्तो छ आजको विदेशी विनिमयदर

1k Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरोको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा रहेको छ।

स्वीस फ्रयाङ्कको खरिददर १९२ रुपैयाँ ६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा कायम हुँदा क्यानडियन डलरको खरिददर १११ रुपैयाँ २ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा रहेको छ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा छ। साउदी रियाल ४० रुपैयाँ ७१ पैसा तथा कतारी रियाल ४१ रुपैयाँ ९३ पैसा खरिददरमा कारोबार हुने गरी दर तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार