1.3k
Shares
जनकपुरधाम । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका तीन दिनदेखि बेपत्ता भएपछि मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार गरिमा चौधरी साउन ३१ गते बिहान करिब ८ बजे घरबाटै हराएकी थिइन्। परिवारले खोजी गरे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन।
मंगलबार साँझ घरदेखि करिब ५० मिटर टाढा रहेको एउटा सुनसान घरभित्र बालिकाको शव फेला परेको हो। घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरी खोजी तथा अनुसन्धान गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता निलप्रसाद घलेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको कसैले हत्या गरेर शव लुकाएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।