अमेरिकी डलरको मूल्यमा सात दिनदेखि स्थिरता

1.3k Shares

काठमाडौँ । अमेरिकी डलरको विनिमयदर लगातार एक सातादेखि स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार पछिल्लो एक सातादेखि डलरको यही दर कायम छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने राष्ट्र बैंकको दरभन्दा फरक हुन सक्नेछ।

राष्ट्र बैंकले अद्यावधिक विनिमयदर आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ।

सम्बन्धित समाचार